ब्रिटिस कलेजमा नयाँ छात्रवृत्ति कार्यक्रमको घोषणा

काठमाडौँ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी)ले नयाँ छात्रवृत्ति कार्यक्रम ‘द ओएचसिटी छात्रवृत्ति (२०२२)’ उपलब्ध गराउने भएको छ । यो छात्रवृत्ति एक जना नयाँ विद्यार्थीलाई उपलब्ध गराइनेछ ।
छात्रवृत्तिलेपूर्ण ट्यूशन, विश्वविद्यालय दर्ता र पढाई अवधिभर परीक्षा शुल्कहरू कभर गर्नेछ । ओ‘हाय परिवारद्वारा प्रदान गरिने फेलोसिप ब्रिटिश कलेजमा विश्वव्यापी शिक्षाबाट लाभ उठाउन चाहने नेपालभरका अल्पविपन्न विद्यार्थीहरूलाई मद्दत गर्ने विशेष उद्देश्यका साथ योग्य स्नातक आवेदकहरूका लागि तयार गरिएको हो । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था ब्रिटिस कलेज भएको कुरालाई मध्यनगर राख्दै ओ‘हाय परिवारलेकलेजले उपलब्ध गराउने अन्तर्राष्ट्रिय स्तरको शिक्षा सबै पृष्ठभुमिका विद्यार्थीहको पहुँचमा पुगोस् भन्ने उदेश्यले यो फेलोसिप उपलब्ध गराउन लागेको बताइएको छ ।
स्नातक तहका कोर्सहरु बिबिए, बिएस्सी (हन्स) कम्प्युटिङ, बिएस्सी (हन्स) बिजनेश हस्पिटालिटी एण्ड म्यानेजमेन्ट) र ब्राण्ड न्यु कोर्स बिएस्सी (हन्स) साइबर सेक्युरिटी, डिजिटल फरेन्सिक्सका लागि विद्यार्थीहरुले आवेदन दिन सक्नेछन् । छात्रवृत्तिमा अध्ययन गर्नका लागि आफू सक्षम रहेकोबारे जानकारी https://bit.ly/3lkE03d लिंकमार्फत दिन सक्नेछन् । २५ डिसेम्बर, २०२१ सम्मका लागि यो आवेदन खुल्ला गरिएको कलेजले जनाएको छ ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सुनचाँदीको मूल्यमा केही गिरावट
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
प्रतिक्रिया