आइतबार, पुष ६, २०८२

देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम चार डिग्री

मेरोन्यूज २०७८ मंसिर २८ गते ९:०२

काठमाडौं । देशभर चिसो बढेको छ । मंगलबार विहान काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, जुम्लाको सबैभन्दा कम माइनस ४ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको मौसमविदहरुले जनाएका छन् ।

मंगलबार देशको पहाडी भू–भागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ ।

मंगलबार लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

प्रतिक्रिया