मर्मत भएन याङ्ग्री र लार्केसम्मको सडक

काठमाडौँ । याङ्ग्री र लार्के खोलाको आयोजनास्थलसम्म पुग्ने सडक वर्षाका कारण भत्किएकामा अझै मर्मत हुन सकेको छैन । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको निर्माणका लागि पहुँचमार्ग निर्माण भइरहँदा असारको पहिलो साता बगाएको थियो ।
बीस किमी सडकमध्ये झण्डै पाँच किमी बगाएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । इन्द्रावती नदीमा आएको बाढीले सडक बगाएको थियो । पहिलो चरणमा मेलम्ची नदीसम्म पुग्ने सडक नबनेकाले अहिले उक्त सडकको मर्मत प्राथमिकतामा नपरेको हो । उनले भने, “सडक विभागले मर्मत गरिसकेको छ, हामीले गर्न बाँकी छ ।”
दश किमी सडकमध्ये पाँच किमी विभाग र अर्को पाँच किमी आयोजनाले निर्माण गरेको थियो । धापदेखि लार्के र याङ्ग्रीसम्मको सडक निर्माण आयोजनाले गरेको थियो । अहिले निर्माण व्यवसायीले निर्माण अघि बढाउन चाहेको उनले बताए । उनले भने, “हामीले पहिले मेलम्ची नदीको आयोजनास्थलसम्म नै सडक पु¥याउन लागेका थियौँ ।”
आयोजनालाई लक्षित गरेर निर्माण हुन लागे पनि सो सडकको निर्माण सम्पन्न हुँदा स्थानीयवासीलाई समेत फाइदा पुग्ने देखिएको छ । यहाँका ३८० कित्ता अधिग्रहण गरेर सडक निर्माण गरिएको थियो । गत असारमा मेलम्ची नदीमा आएको बाढीले गर्दा खानेपानी आयोजनामा ठूलो क्षति पुगेको थियो । आयोजनास्थलमा रहेका धेरै संरचना र निर्माण सामग्री बाढीले बगाएको थियो । आयोजनास्थलभन्दा माथिल्लो भागबाट आएको पहिरोले संरचनामा क्षति पुगेको थियो । अहिले पनि ‘हेडवर्क’ लगायतका संरचना खोलाको लेदोले पुरिएको छ । सरकारले अहिले सडक मर्मत गरेर आयोजनास्थलसम्म पु¥याएको छ ।
















सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया