आगामी बैठकमा प्रदेश नामाकरण हुन्छ : मुख्यमन्त्री राई
मेरोन्यूज
२०७८ मंसिर २९ गते १०:३२

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामाकरण गर्नेबारे छलफल गर्ने बताएका छन् । उनल पत्रकारसँग कुरा गर्दैै चाँडै नै प्रदेशको नाम राख्नेबारे छलफल गर्ने बताएका हुन् ।
‘अब हुने संसदमा नै प्रदेशको नामकरणबारे छलफल हुन्छ, तर केही समय लाग्न सक्छ,’ मुख्यमन्त्री राईले भने, ‘एउटै पार्टीको बहुमतको सांसद नभएको अवस्था र हरेक पार्टीको फरक–फरक नामको बारेमा दृष्टिकोण भएकाले समय चाहिँ लाग्न सक्छ ।’
उनले आगामी हिँउदे अधिवेशनमा नै प्रदेशको नामाकरण टुंगोमा पुर्याउने बताएका हुन् । यस्तै, उनले काठमाडौँमा रहेको प्रदेश सम्पर्क कार्यालय बन्द गरेको जानकारी दिए ।
यस्तै, उनले मुख्यमन्त्री निवासको विस्तार गर्ने बताएका छन् । उनले नयाँ निवासबारे पत्रकारलाई जानकारी दिँदै अन्य मन्त्रीहरूका लागि समेत निवास विस्तार गर्ने जानकारी दिएका हुन् ।
सम्बन्धित
















दैनिक प्रयोगका लागि उपयुक्तः रेडमी बड्स एट एक्टिभ नेपालमा
१७ अंकले घट्यो नेप्से
विपद् आउनु अघि व्यवस्थापनको तयारीमा जुट्न निर्देशन
नेशनल लाईफ र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच मेडिकल सेवा सम्झौता
पोखरामा प्रहरीको ‘स्वीप अप्रेशन’, एकैरात १२२ जना पक्राउ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
प्रतिक्रिया