बुधबार, पुष ९, २०८२

देशभर थप २८० जनामा कोरोना, छ जनाकाे मृत्यु

अझै ५ हजार ६३५ सक्रिय संक्रमित

मेरोन्यूज २०७८ मंसिर २९ गते १६:५८

काठमाडौं । नेपालमा थप २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ११ हजार ९९४ जनाको कोरोना परीक्षण गर्दा बुधबार २८० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नौ हजार २ सय १२ जनाको पीसीआर परीक्षण र २ हजार ७ सय ८२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।

नेपालमा अझै ५ हजार ६३५ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा थप तीन सय जना निको भएको पनि मन्त्रालयले जनाएको छ ।

यसैबीच, काठमाडौं उपत्यकामा ११८ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८९, ललितपुरमा २० र भक्तपुरमा ९ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया