देशभर थप २८० जनामा कोरोना, छ जनाकाे मृत्यु
अझै ५ हजार ६३५ सक्रिय संक्रमित
मेरोन्यूज
२०७८ मंसिर २९ गते १६:५८

काठमाडौं । नेपालमा थप २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ११ हजार ९९४ जनाको कोरोना परीक्षण गर्दा बुधबार २८० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नौ हजार २ सय १२ जनाको पीसीआर परीक्षण र २ हजार ७ सय ८२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।
नेपालमा अझै ५ हजार ६३५ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा थप तीन सय जना निको भएको पनि मन्त्रालयले जनाएको छ ।
यसैबीच, काठमाडौं उपत्यकामा ११८ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८९, ललितपुरमा २० र भक्तपुरमा ९ संक्रमित थपिएका छन् ।
सम्बन्धित
















उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
अमेरिकाले नेपाल ‘ए’लाई दियाे २६३ रनको लक्ष्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया