आज तपाईंको दिन कस्तो ?

आज वि. सं. २०७८ साल पौष महिनाको २ गते शुक्रबार, मंसिर शुक्लपक्षको चतुर्दशी तिथि रहेको छ ।
मेष
घमण्डि व्यवहार बढेर जाने छ । पेशागत जीवन अनुकुल रहने छ । चलाख खालको व्यक्तित्व भने बन्ने छ । आर्थिक पक्ष सवल बन्ने छ । दाम्पत्य जीवनमा भने कठिनाईको सामना गर्नु पर्ने छ । चिसोजन्य स्वास्थ्य समस्याले सताउने छ ।
वृष
दृढ खालको विचार हुँदाहुँदै पनि कडा शैलीको व्यक्तित्व बन्दा जोकोहीसँग मिल्न नसक्ने बानी देखिने छ । धेरै रिस उठ्ने भएकाले झैझगडाको अवस्था आउने छ । भोग विलासी शैली देखिने छ । पेशागत क्षेत्र र आर्थिक पक्ष सकारात्मक रहने छ ।
मिथुन
राजसी ठाँटबाँट देखिने छ । तडग भडकपूर्ण जीवनशैली देखिने छ । दृढ खालको व्यक्तित्व हुँदा कसैले पनि हेप्न सक्ने छैनन् । परिवारमा भने झैझगडापूर्ण वातावरण रहने छ । पेशागत जीवन औसत खालको हुने छ । खर्च धेरै हुने छ ।
कर्कट
भोज भतेर जस्ता पार्टीहरुमा सहभागि हुन पाइने भए पनि मन प्रफुल्ल भने हुने छैने । एक तमासको एकोहोरोपनाले मनलाई बाँध्ने छ । कमजोर मनोबल हुने हुँदा आत्मविश्वासको कमि हुने छ । पेशागत जीवनमा धैर्य भएर कदम चाल्नु होला । अनावश्यक क्षेत्रमा खर्च बढ्न पुग्ने छ ।
सिंह
मानसिक र शारीरिक हाउभाउमा परिवर्तन आउँदा अरुले अनौठो मान्ने छन् । तनावपूर्ण वातावरणको सामना गर्नु पर्ने छ । खर्च धेरै हुने हुँदा आर्थिक कठिनाईबाट गुज्रनु पर्ने छ । मित्रहरुकै बीचमा वैमनश्यता देखिने छ । परिवारको साथ नहुँदा एक्लो महशुस हुने छ ।
कन्या
रुखो खालको व्यक्तित्व हुँदा हाँसो मजाकमा पनि नरम्ने स्वाभाव देखा पर्दा एकलकाँटे स्वाभाव आउने छ । आय स्रोतका क्षेत्रमा अवरोधहरु आउँदा आर्थिक सन्तुलन बिग्रने छ । सवारीसाधनसम्बन्धी विषयमा धैर्य भएर कदमहरु चाल्नु होला पेशागत जीवनबाट धेरै अपेक्षा भन्दा निरन्तरतालाई ध्यान दिनु होला ।
तुला
आफैले विश्वास गरेका पात्रहरुबाट धोका हुने छ । परिवारमा किचलोको अवस्था हुने हुँदा सामाजिक रुपमा बद्नामी व्योहर्नु पर्ने छ । जीवनसाथिको अदम्य साथका कारण ठुलो राहत मिल्ने छ । पेशागत जीवनमा धेरै जोखिम लिने भन्दा सुस्त गतिमा धैर्य कदम चाल्नु उपयुक्त होला ।
वृश्चिक
उदास मनोभावले गर्दा साथिभाइहरुबाटै छेडछाड सहनु पर्ने छ । मनमा धेरै विचारहरु लहरसाथ आउने हुँदा एकाग्रताको अभाव हुने छ । पेशागत जीवनमा चुनौतिको सामना गर्नु पर्ने भएकाले धैर्य भएर कदम चाल्नु होला । भाग्यले साथ नदिएका कारण कामहरु बन्ने छैनन् । आर्थिक पक्ष सन्तोषजनक हुन सक्ने छैन् ।
धनु
चलाख खालको व्यक्तित्व हुँदा हुँदै पनि असजिलो परिस्थितिबाट उम्कन निकै संघर्ष गर्नु पर्ने छ । आफुले आफैलाई निकै कमजोर महशुस हुने छ । स्वास्थ्य समस्या देखिँदा अस्पतालजन्य खर्च बढ्न पुग्ने छ । बोलीलाई नियन्त्रित गर्ने प्रयास गर्नु होला । पेशागत जीवन औसत प्रकृतिको रहने छ ।
मकर
असन्तोषी स्वाभावले गर्दा दुःख पाइने छ । सन्तोष लिने प्रयास गर्नु होला । कडा खालको व्यक्तित्व हुँदा लचकताको अभाव हुने छ । पेशागत जीवनमा झैझगडाको अवस्था आउने भएकाले सतर्क रहनु होला । आर्थिक पक्ष भने सवल बन्ने छ । घर घडेरी किन्ने योग छ ।
कुम्भ
विदेश यात्रामा सकारात्मक नतिजा आउने छ । आशावादी विचारहरु मनमा आउने छन् । नयाँ नयाँ काम गरौँ गरौँ लाग्ने छ । पेशागत क्षेत्रबाट सन्तोष मिल्ने छ । सम्मान पाइने तथा कदर मिल्ने छ । पारीवारिक विषयले भने तनाव दिने छ । आर्थिक पक्ष औसत खालको हुने छ । धार्मिक स्वाभाव देखिने छ ।
मीन
अरु भन्दा फरक खालको व्यक्तित्व देखिन मन लाग्ने छ । बोलीको प्रभाव उच्च हुने छ । परिवारमा मिलन हुने र विश्वास बढ्ने छ । पेशागत जीवन सकारात्मक बन्ने र आर्थिक लाभ प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा आवद्धहरुले पनि नयाँ नयाँ काम गर्ने अफर प्राप्त गर्ने देखिन्छ । विदेश यात्रामा भने केही कठिनाई आउने छ ।
(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)
















होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया