विद्यार्थीलाई विद्यालय र कलेजमै कोरोनाविरुद्धको खोप
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले विद्यालय तथा कलेजमै पुगेर कोरोनाविरुद्धको खोप लगाउने योजना रहेको बताएका छन् ।
चाबहिलमा रहेको मनास्लु वल्र्ड कलेजमा आयोजित कार्यक्रममा उनले अन्य ठाउँमा विद्यार्थी बोलाउँदा नआउने भएकाले विद्यालय तथा कलेजमै पुगेर कोरोनाविरुद्धको खोप लगाउने योजना रहेको बताएका हुन् ।
मन्त्री खतिवडाले विद्यार्थीलाई पुस ४ गतेदेखि कोरोनाविरुद्धको खोप प्रदान गर्न सरकार लागिपरेको बताए । उनले कोरोनाको त्रास अझै कायम रहेकाले संयमित हुन विद्यार्थीलाई आग्रह गरेका थिए ।
कलेजका अध्यक्ष गेहेन्द्र लामाले किताबी ज्ञानसँगै कलेजले सीपमूलक शिक्षालाई प्राथमिकतामा राखेको बताए । कलेजका प्राचार्य राजन श्रेष्ठले विद्यार्थीलाई चाहिने उपयुक्त वातावरणका लागि भौतिक पूर्वाधार र निर्माणमा विशेष चासो देखाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको जानकारी दिए ।











निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ककसलाई लाग्छ आचारसंहिता ?
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया