गैरसरकारी संस्थालाई सुरक्षा दिन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले गैरसरकारी संस्थालाई आवश्यक सुरक्षाको व्यवस्था तत्काल मिलाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । गैरसरकारी संस्था महासंघ नेपालले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले देश विकासको अभियानमा संलग्न संस्थाहरुलाई आवश्यक सुरक्षाको प्रबन्ध गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन् ।
उनले सरकारले राज्यका कुनै पनि निकायमा हस्तक्षेपकारी भूमिका खेल्न नचाहेको स्पष्ट पारे । गैरसरकारी संस्थाका सन्दर्भ वा उद्योग, व्यवसायसँग सम्बन्धित कुनै पनि संस्थामा सरकारले नियन्त्रणकारी, हस्तक्षेपकारी भूमिका खेल्न नचाहेको गृहमन्त्री खाँणको भनाई थियो ।
गृहमन्त्री खाँणले गैरसरकारी संस्थाहरुले कोरोना संकट, बाढि, पहिरोलगायतका प्राकृतिक विपदमा पनि उल्लेखनीय काम गरेको भन्दै प्रशंसा गरे । उनले गैरसरकारी संस्थाको मागअनुसार कानुन परिमार्जनको कामलाई अघि बढाउन सरकार तयार रहेको बताए ।
गृहमन्त्री खाँणले भने, ‘तपाईहरु गैरसरकारी संस्थामार्फत् लाखौं नेपाली दिदीबहिनीहरु, दाजुभाइहरु देश विकासको अभियानमा हुनुहुन्छ, तपाईहरुले काम गर्ने क्रममा सायद सुरक्षाको त्यति काम पर्दैन होला, आवश्यक प¥यो भने जिल्ला सुरक्षा निकायले तपाईहरुलाई सुरक्षा प्रदान गर्नेछ ।’
गृहमन्त्री खाँणले जनताको व्यापक सहभागितमा मुलुकको विकास र समृद्धि हुने भएकाले सरकारले सोहीअनुसार सहजीकरणको कामलाई अघि बढाउने बताए ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया