घरेलु मैदानमा पुलिसलाई पराजित गर्दै मनाङ लिगको शीर्ष स्थानमा

कास्की । मनाङ मस्र्याङदी क्लब जारी ‘कतार ऐवरवेज शहीद स्मारक ए डिभिजन लिग फुटबल’ को शीर्ष स्थानमा उक्लिएको छ । लिगको पाँचौँ चरणको खेलमा आज आफ्नो ‘होम ग्राउण्ड’ पोखरा रंगशालामा नेपाल पुलिस क्लबमाथि ३–१ गोल अन्तरको जित निकाल्दै मनाङ लिग तालिकाको शीर्ष स्थानमा पुग्न सफल भयो ।
खेलको ‘म्यान अफ दी म्याच’ घोषित मनाङका फरवार्ड अञ्जन विष्टको दुई गोलको मद्दतमा मनाङले पुलिसलाई पोखरा रङ्गशालामा पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले समान एकरएक गोल गरेपनि दोस्रो हाफमा भने मनाङले दुई गोल थप्दै महत्वपूर्ण तीन अंक जोड्न सफल भयो ।
खेलको १० औँ मिनेटमा विष्टले गोल गर्दै मनाङको अग्रता बनाए । उनले रक्षक दिनेश राजवंशीको लामो पासमा विपक्षी टोलीका गोलकिपर रोशन खड्का पेनाल्टी एरियाबाट बाहिर आएको मौकामा गोल गरे । खेलको ३५औँ मिनेटमा पुलिस क्लबले गोल गर्दै खेल बराबरीमा ल्यायो । मनाङका रक्षक सरोज योञ्जन लामाले डिबक्सभित्र पुलिसका फरवार्ड निरकुमार राईलाई फाउल गरेपछि पुलिसले पेनाल्टी पायो । पेनाल्टीमा पुलिसका सुमना लामाले गोल गर्दै टोलीलाई खेलमा फर्काए ।
मनाङले दोस्रो हाफमा अञ्जन विष्टको प्रि–किक गोलमार्फत खेलमा पुनः अग्रता बनायो । ७३औँ मिनेटमा अञ्जनले विपक्षी टोलीका खेलाडीले बल हातले छोएपछि पाएको किकमा सुन्दर गोल गरेका थिए । मनाङका निशान लिम्बुले ८३ औँ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे । लिम्बुले ओलावालेको पासलाई उपयोग गरी गोल गरेका थिए ।
मनाङले पोखरा रंगशालालाई ‘होम ग्राउण्ड’ बनाएपछि पुलिस क्लब लिगको पाँचौँ चरणको खेल खेल्न पोखरा आएको थियो । खेलमा दुबै टोलीले गोलका केही सुन्दर मौका सिर्जना गरेपनि सदुपयोग गर्न सकेनन् । पुलिसँगको खेलमा जित हात पारेपछि मनाङ १३ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट ११ अंकसहित मच्छिन्द्र फुटबल क्लब दोस्रो तथा त्रिभुवन आर्मी र संकटा क्लब समान नौ अंक सहित क्रमश स् तेस्रो र चौथो स्थानमा छन् ।
मनाङले आगामी पुस ११ गते ब्रिगेड ब्वाईज क्लबसँग र पुस २४ गते च्यासल युथ क्लबसँग पोखरा रंगशालामा खेल्ने तालिका छ । खेलपछिको पत्रकार सम्मेलनमा मनाङका विदेशी प्रशिक्षक फुजा तोपेले घरेलु मैदानमा पहिलो खेल कठिन भएको बताए । खेलको दोस्रो हाफमा रणनीति परिर्वतन गरेपछि जित सम्भव भएको उनले प्रतिक्रिया दिए । पुलिसका प्रशिक्षक अनन्तराज थापा भने सम्मेलनमा अनुपस्थित रहे ।


















वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
अमेरिकाको लुइसियानामा एक व्यक्तिद्वारा आठ बालबालिकाको गोली हानी हत्या
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया