आज तपाईंको दिन, हेर्नुहोस् राशीफल

आज वि. सं. २०७८ साल पौष महिनाको ४ गते आइतबार, मंसिर शुक्लपक्षको पूर्णिमा तिथि, उप्रान्त पौष कृष्णपक्षको प्रतिपदा तिथि रहेको छ । आज धान्यपूर्णिमा, गैडुपूजा तथा उधौली पर्व तथा योमरीपूर्णिमा रहेको छ । भक्तपुरमा अनन्तलिङ्गेश्वर मेला तथा बाघभैरव पर्व रहेको छ ।
मेष
उत्साह र उमङ्ग कायम रहने छ । आँटेका कुराहरु सकारात्मक बन्ने छन् । पेशागत जीवन सकारात्मक बन्ने छ । आर्थिक अवस्था पनि अनुकुल नै रहने छ । बोली प्रभावकारी हुने छ । परिवारमा भने अशान्ति उत्पन्न हुने छ ।
वृष
आर्थिक लाभ प्राप्त हुने छ । चालेका कदमहरु सकारात्मक हुने छन् । मित्रहरुको साथले गर्दा सामुहिकता उत्पन्न हुने छ । पेशागत जीवन औसत खालको हुने छ । बोली रुखो हुने भएकाले ध्यान दिनु होला ।
मिथुन
खर्च असाध्यै बढ्न पुग्ने छ । आम्दानीमा पनि बृद्धि हुने हुँदा आथिक अभाव भने हुने छैन् । पेशागत जीवनमा उत्साह जाग्ने छ । मनोबल कमजोर हुने हुँदा निर्णय क्षमतामा भने दुविधा उत्पन्न हुन जाने छ ।
कर्कट
आर्थिक व्यवस्थापन धान्न तनाव उत्पन्न हुने छ । कमाइका स्रोतहरुमा बाधा उत्पन्न हुने छ । पेशागत जीवनमा कठिनाईहरुको सामना गर्नु पर्ने छ । मनोबल कमजोर हुने र आत्तिने स्वाभाव हुने छ । जीवनसाथिको सल्लाह सहित अघि बढेमा राहत मिल्ने छ ।
सिंह
राजनीतिक तथा सामाजिक जीत हुने छ । समाजले उच्च मुल्यांकन गर्ने हुँदा उत्साह जाग्ने छ । पेशागत जीवनमा औसत खालको हुने छ । परिवारमा भने तनावको अवस्था आउने छ । स–साना विषयमा पनि झैझगडाको अवस्था आउने छ ।
कन्या
धन सम्पत्ति नोक्सान हुने छ । धन माल चोरी तथा लुटपाट ुहने जोखिम देखिएकाले सतर्क रहनु होला । आर्थिक घाटा व्योहर्नु पर्ने बाध्यात्मक अवस्था आउने छ । परिवारको साथले मनोबल कायम रहने छ । बिगतका विषयमा मनमा पश्चाताप आउने छ ।
तुला
वास्तविक भन्दा काल्पनिक विषयले मनमा डेरा जनमाउने छ । तर सृजनशिल सोच भने सकारात्मक रहने छ । कार्य सफलता मिल्ने छ । मनोबल उच्च भएको र दृढताले भरिएको छवि बन्ने छ । परिवारमा प्रेम र सहयोगि वातावरण बन्ने छ । पेशागत जीवन सकारात्मक नै रहने छ ।
वृश्चिक
भाग्यहिनताको आभाष रहने छ । अपजस आउने हुँदा सकारात्मक सोचाईमा कमि आउने छ । नतिजा थोरै प्राप्त हुँदा जाँगरको अभाव हुने छ । धोकाको अवस्था रहने भएकाले विचार गरेर मात्र विश्वास गर्नु होला । परिवारमा झैझगडा उत्पन्न हुने छ ।
धनु
झगडालु स्वाभाव हुने भएकाले स–साना विषयमा पनि द्वन्दात्मक अवस्थामा पुर्याउने छ । आर्थिक तनावको अवस्था आउने छ । स्वास्थ्यमा समस्या आउँदा दुःख पाइने छ । कुलतका वस्तुहरुबाट जोगिने प्रयास गर्नु होला । असल संगतमा जाने प्रयास गर्नु नै वाञ्छनीय हुने छ ।
मकर
आर्थिक लाभ प्राप्त साचे भन्दा बढि प्राप्त हुने छ । पेशागत जीवन औसत खालको रहने छ । नयाँ नयाँ काम गर्ने जोश जाँगर र अवस्था आउने छ र सफलता पनि मिल्ने छ । पारीवारिक वातावरण द्वन्दग्रस्त रहने छ । मनमा केही उदासिनताका मात्रा विद्यमान रहने छन् ।
कुम्भ
आर्थिक पक्ष सवल रहने छ । मित्रहरुको साथ र भरोषाले नयाँ नयाँ कामहरु आरम्भ हुने छन् । नसोचेको क्षेत्रबाट कार्यको अफर आउने छ । नयाँ पोशाक लगाउन पाइने छ । रिस नियन्त्रणमा ध्यान दिनु होला । झैझगडाको वातावरणबाट बच्ने प्रयास गर्नु नै ठिक हुने छ । पेशागत जीवन औसत खालको रहने छ ।
मीन
आर्थिक चक्र सन्तुलित हुने छ । पेशागत जीवनमा सकारात्मक धारणा र वातावरण आउने छ । यात्रा गर्ने अवसर मिल्ने छ । प्रतिष्पर्धात्मक स्वाभावका कारण प्रतिष्पर्धीहरुसँग भिड्ने तागत आउने छ । रिस नियन्त्रण भने गर्न जरुरी देखिन्छ । प्रेममा धोका हुने भएकाले विच्छिप्त अवस्थामा संयमित रहनु होला ।
(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)


















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
लक्ष्मी सनराइज क्यापिटलको नयाँ म्युचुअल फन्डलाई धितोपत्र बोर्डको स्वीकृति
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
प्रतिक्रिया