कर्णालीका नौ जिल्लामा मोर्डना खोप लगाइँदै

काठमाडौँ । सुर्खेतबाहेक कर्णालीका नौ जिल्लाका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको मोर्डना खोप लगाउन थालिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै केन्द्र स्थापना गरी खोप लगाउने व्यवस्था मिलाइएको जनाएको छ ।
कर्णालीका दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान, कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा आजदेखि मोर्डना खोपको पहिलो मात्रा दिन थालिएको हो । निर्देशनालयका सूचना अधिकारी पदम केसीले मोर्डना खोपको पहिलो मात्रा आजदेखि यही पुस १४ गते र दोस्रो मात्रा आगामी माघ २ देखि १० गतेसम्म लगाइने जानकारी दिए ।
“साविकका गाविसमा नौ वटा केन्द्र र हालका स्थानीय तहका प्रति वडाका दुई स्थानमा खोप केन्द्र सञ्चालनमा ल्याइएको छ”, उनले भने, “स्वास्थ्य कर्मचारी, शिक्षक÷शिक्षिका र महिला स्वास्थ्य स्वयंसेविकालाई खोप केन्द्रमा परिचालन गरिएको छ, विद्यालय नजाने बालबालिकालाई पनि नजिकको केन्द्रमा खोप लगाउने व्यवस्था मिलाइएको छ ।”
खोप लगाउन पाँचभन्दा बढी बालबालिका उपस्थित हुनु पर्ने र छ घण्टाभित्र लगाइसक्नु पर्ने छ । कोरोनाविरुद्धको यो खोप ९४ प्रतिशत प्रभावकारी देखिएको बताइएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले कर्णालीका नौ जिल्लाका एक लाख ५४ हजार ८७२ बालबालिकालाई खोप दिने लक्ष्य लिएको छ ।
सुर्खेतमा यही उमेर समूहका दुई हजार ९८ बालबालिकालाई कोरोना भाइरसविरुद्धकै ‘फाइजर’ नामक खोपको पहिलो मात्रा दिइएको छ ।











प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्चमा परेको रिटमा आज पेसी
तराईमा अझै तीन दिन बाक्लो हुस्सु लाग्ने : सतर्क रहन मौसम महाशाखाको सुझाव
समानुपातिक बन्द सूची तयार पार्दै दलहरु
राष्ट्रियसभामा गठबन्धन र महाधिवेशनबारे छलफल गर्न कांग्रेसको आज बैठक बस्दै
अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया