ए डिभिजन फुटबल : हिमालयन शेर्पाको पहिलो जित

काठमाडौँ । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वाईजलाई हराएर सिजनको पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आईतबार भएको खेलमा हिमालयन शेर्पाले ब्रिगेड ब्वाइज (बिबिसी) लाई ३–१ गोल अन्तरले हराउँदै सिजनको पहिलो जित निकालेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा हिमालयन शेर्पाले पाँचौ मिनेटमा अग्रता लिए पनि ५३ औं मिनेटमा गोल खान पुगको थियो ।
खेलको पाँचौ मिनेटमा मुतम्बा पिस्टोनीको गोलमा शेपाले खेलमा अग्रता बनाएको थियो । तर भुवन बस्नेत ५३ औं मिनेटमा बिबिसीका लागि गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए । अघिल्ला खेलमा स्पष्ट अंक जोड्न नसकेको हिमालयन शेर्पाले बिबिसीविरुद्ध बराबरीपछि आक्रामक खेल देखाएको थियो । सोही अनुसार शेर्पाका सुरेश कुमालले ७४ औं मिनेटमा गोल गर्दै शेर्पालाई अग्रता दिलाएका थिए । कुमालले डिबक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । पछि परेसँगै काउन्टरको प्रयास गरेको बिबिसीले इन्जुरी समयमा गोल खान पुग्यो । मनिष थापाले गोल गर्दै शेर्पाको जित निश्चित गरे । यससँगै मनिषले हिमालयन शेपाबाट डेब्यु गोल गरेका छन् ।
रोमाञ्चक जितसहित शेर्पाले ५ खेलबाट तालिकामा ५ अंक जोडेको छ । शेर्पा नवौं स्थानमा उक्लिएको छ । समान खेलबाट समान अंक भएको बिबिसी गोल अन्तरका आधारमा तालिकाको दशौं स्थानमा झरेको छ । लिगमा भोली पनि एक खेल हुनेछ । दिनको १ बजे हुने खेल फ्रेन्ड्स र एपिएफ फुटबल क्लबबीच खेल हुनेछ । खेल दशरथ रंगशालामा हुनेछ ।


















सामसङको ‘सपनादेखि सम्भावनासम्म’ योजना सार्वजनिक
वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
अमेरिकाको लुइसियानामा एक व्यक्तिद्वारा आठ बालबालिकाको गोली हानी हत्या
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया