सोमबार, वैशाख २९, २०८२

आयोगले तोकेको भन्दा २० लाख बढी शुल्क मागेपछि विधार्थीले केएमसीमा लगाए ताला

मेरोन्यूज २०७८ पुष ६ गते १५:५९

काठमाडौं । सरकारले तोकेको भन्दा बढी शुल्क मागेको भन्दै विद्यार्थीहरुले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा ताला लगाएका छन् । कलेजले शिक्षण शुल्कबाहेक विभिन्न शीर्षकमा २० लाख रुपैयाँ अतिरिक्त शुल्क मागेको भन्दै विद्यार्थीहरुले कलेजमा ताला लगाएका हुन् ।

चिकित्सा शिक्षा आयोगले गत वैशाख २९ गते तोकेको शुल्क अनुसार उपत्यकाभित्र ४० लाख २३ हजार २५० रुपियाँ र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रहेको छ । केएमसीले विद्यार्थीलाई उपलब्ध गराएको शुल्कको विवरणमा शिक्षक शुल्कबाहेक नै २० लाख बढी मागेको एक विधार्थीले बताए । ती विधार्थीले आफूहरु कलेजका विरुद्ध जिल्ला प्रशासन कार्यलय काठमाडौंमा उजुरी दिन जान लागेको बताए ।

प्रतिक्रिया