बिहीबार, पुष ३, २०८२

छतबाट खसेर महिलाको मृत्यु

मेरोन्यूज २०७८ पुष ७ गते १०:०१

इलाम । इलामको इलाम नगरपालिका–८ को धोबिधारा नजिकै एक महिलाको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ ।

५२ वर्षीया कोकिला प्रधान आफ्नै घरको पाँचौं तलाबाट हाम फाल्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रहरीकाअनुसार ती महिला मंगलबार राति १० बजेतिर घरको छतबाट हाम फालेको र घरको तेस्रो तलामा बजारिएकी थिइन् ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया