बिहीबार, पुष ३, २०८२

चितवनमा आजदेखि इ–पासपोर्टका लागि अनलाइन फारम खुला

मेरोन्यूज २०७८ पुष ७ गते १२:०८

चितवन । चितवनमा बुधबारदेखि इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरण सुरु भएको छ ।

बुधबारबाट इ–पासपोर्टका लागि अनलाइन फारम खुला गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी खेमराज पौडेलले जानकारी दिए ।

अब पासपोर्ट लिनका लागि घरमै बसेर पनि अनलाइनबाटै फारम भर्न सकिने उनले बताए । तर अनलाइनबाट मिति र समय भने पहिले नै बुक गर्नुपर्ने पौडेलले जानकारी दिए ।

प्रशासनले आफैले भर्न नसक्नेहरुले जिल्ला प्रशासन कार्यालयको हेल्प डेस्कमा आएर पनि कम शुल्कमा अनलाइनबाट फारम भर्न सकिने व्यवस्था मिलाएको छ ।

व्यावसायिक पसलहरु अनलाइन फारम भर्दा बढी शुल्क लिएमा कारबाही गरिने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया