चितवनमा आजदेखि इ–पासपोर्टका लागि अनलाइन फारम खुला
मेरोन्यूज
२०७८ पुष ७ गते १२:०८

चितवन । चितवनमा बुधबारदेखि इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरण सुरु भएको छ ।
बुधबारबाट इ–पासपोर्टका लागि अनलाइन फारम खुला गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी खेमराज पौडेलले जानकारी दिए ।
अब पासपोर्ट लिनका लागि घरमै बसेर पनि अनलाइनबाटै फारम भर्न सकिने उनले बताए । तर अनलाइनबाट मिति र समय भने पहिले नै बुक गर्नुपर्ने पौडेलले जानकारी दिए ।
प्रशासनले आफैले भर्न नसक्नेहरुले जिल्ला प्रशासन कार्यालयको हेल्प डेस्कमा आएर पनि कम शुल्कमा अनलाइनबाट फारम भर्न सकिने व्यवस्था मिलाएको छ ।
व्यावसायिक पसलहरु अनलाइन फारम भर्दा बढी शुल्क लिएमा कारबाही गरिने प्रशासनले जनाएको छ ।

सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
प्रतिक्रिया