‘ए’ डिभिजन लिगमा आजदेखि छैठौं चरणका खेल हुँदै

काठमाडौं । सहिद स्मार ‘ए’ डिभिजन लिगमा आज (शुक्रबार)देखि छैठौं चरणका खेल हुँदैछन् ।
आज पहिलो खेलमा विभागीय टोली एपीएफले पुरानो क्लब न्यूरोड टिम (एनआरटी) को सामना गर्दैछ ।
दोस्रो खेलमा नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबबीच खेल हुनेछ । नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबबीचको खेल दशरथ रंगशालामा हुनेछ ।
छैटौं चरणमा मच्छिन्द्र र मनाङ मस्र्याङदी क्लबबीच प्रतिस्पर्धा हुँदैछ भने थ्री स्टार र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिष्पर्धा हुनेछ ।
मच्छिन्द्र र मनाङ दुबै प्रतिष्ठा जोगाउने लक्ष्यका साथ मैदान उत्रिनेछन् ।
पाँचौं चरणमा मच्छिन्द्रले संकटा क्लब र आर्मीले सातदोबाटो युथ क्लबसँग बराबरी खेल्दै अंक बाँडेका थिए ।
उता, चिरपरिचित प्रतिद्वन्द्वी आर्मी विरुद्ध आफ्ना लागि तीन अंक महत्वपूर्ण भएको भन्दै आक्रामक खेल खेल्ने थ्री स्टारका प्रशिक्षका रविन्द्र शिखाकारले बताए ।
शीर्षताको होडमा मनाङ र मच्छिन्द्र छन् भने आर्मीले पनि उपाधिका लागि प्रतिस्पर्धा गर्ने जनाएको छ ।
यस्तै, अन्य टोलीले पनि शीर्ष टोली र रेलिगशेनमा रहेका टोलीको अन्तर साँघुरो भएको भन्दै जितले वरियतामा सुध्रिने भन्दै स्पष्ट अंकको जोड्ने रणनीतिका साथ मैदान उत्रिदैछन् ।









विराटनगरविरुद्ध पहिला ब्याटिङ गर्दै चितवन
एनपीएलमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन
आयनले ल्यायाे ‘दि एक्सट्राओडिनरी एक्सचेन्ज अफर’
पोखरामा केई र फोर्थिङको सोरुम सञ्चालनमा
तोडफोड आगजनी भएका सार्वजनिक निकायलाई कागजात अद्यावधिक गर्न आह्वान
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
सुरक्षा निकायलाई आवश्यक सवारी साधन खरिद गर्न गृहले थाल्यो अन्तिम प्रक्रिया
प्रतिक्रिया