‘ए’ डिभिजन लिगमा आजदेखि छैठौं चरणका खेल हुँदै

काठमाडौं । सहिद स्मार ‘ए’ डिभिजन लिगमा आज (शुक्रबार)देखि छैठौं चरणका खेल हुँदैछन् ।
आज पहिलो खेलमा विभागीय टोली एपीएफले पुरानो क्लब न्यूरोड टिम (एनआरटी) को सामना गर्दैछ ।
दोस्रो खेलमा नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबबीच खेल हुनेछ । नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबबीचको खेल दशरथ रंगशालामा हुनेछ ।
छैटौं चरणमा मच्छिन्द्र र मनाङ मस्र्याङदी क्लबबीच प्रतिस्पर्धा हुँदैछ भने थ्री स्टार र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिष्पर्धा हुनेछ ।
मच्छिन्द्र र मनाङ दुबै प्रतिष्ठा जोगाउने लक्ष्यका साथ मैदान उत्रिनेछन् ।
पाँचौं चरणमा मच्छिन्द्रले संकटा क्लब र आर्मीले सातदोबाटो युथ क्लबसँग बराबरी खेल्दै अंक बाँडेका थिए ।
उता, चिरपरिचित प्रतिद्वन्द्वी आर्मी विरुद्ध आफ्ना लागि तीन अंक महत्वपूर्ण भएको भन्दै आक्रामक खेल खेल्ने थ्री स्टारका प्रशिक्षका रविन्द्र शिखाकारले बताए ।
शीर्षताको होडमा मनाङ र मच्छिन्द्र छन् भने आर्मीले पनि उपाधिका लागि प्रतिस्पर्धा गर्ने जनाएको छ ।
यस्तै, अन्य टोलीले पनि शीर्ष टोली र रेलिगशेनमा रहेका टोलीको अन्तर साँघुरो भएको भन्दै जितले वरियतामा सुध्रिने भन्दै स्पष्ट अंकको जोड्ने रणनीतिका साथ मैदान उत्रिदैछन् ।


















सामसङको ‘सपनादेखि सम्भावनासम्म’ योजना सार्वजनिक
वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
अमेरिकाको लुइसियानामा एक व्यक्तिद्वारा आठ बालबालिकाको गोली हानी हत्या
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया