तपाईको यो साता कस्तो ? हेर्नुहोस् राशीफल

आज २०७८ साल पौष महिनाको १० गते शनिबार । राशिअनुसार तपाईको यो साता कस्तो रहने छ ? प्रस्तुत छ साप्ताहिक राशिफल ।
मेष
यस राशिका व्यक्तिहरुलाई यो साता अनुकुल रहने छ । पेशागत जीवनमा उन्नति प्रगति र महत्वपूर्ण जिम्मेबारी प्राप्त हुने छ । आर्थिक अवस्था बजबुद बन्ने छ । मान सम्मान र कदर प्राप्त हुने छ । परिवारमा भने द्वन्दको अवस्था आउने छ । दाम्पत्य जीवनमा मधुरता कायम रहने र भरथेग हुने छ । यात्रामा केही अवरोधको सामना गर्नु पर्ने छ । बादबिबाद र झैझगडाबाट बच्ने प्रयास गर्नु होला ।
वृष
यस राशिका व्यक्तिहरुलाई यो साता औसत खालको हुने छ । नयाँ नयाँ कामहरु गर्न मन लाग्ने छ । घर घडेरी जोड्ने समय सक्रिय रहेको छ । पेशागत जीवन उन्नति प्रगतिका केही राम्रा अवस्था आउने छ । मित्रतामा मधुरताको कमि देखिन जाने छ । विश्वास गरेका मानिसहरुले धोका दिने चुनौति भएकाले संयमित रहनु होला । दाम्पत्य जीवनमा कठिनाईहरुको अवस्था आउने छ । सवारीसाधन राम्रोसँग चलाउनु होला ।
मिथुन
यस राशिका व्यक्तिहरुलाई यो साता चुनौतिपूर्ण देखिन्छ । हल्काफुल्का कुरा गर्ने सतही प्रकृतिको स्वाभाव हुने भएकाले अरुले हल्का रुपमा लिने छन् । खर्च धेरै हुन जाने छ भने स्वास्थ्यसँग सम्बन्धी समस्याहरुले सताउने छ । आफन्तहरुसँग झैझगडा र अविश्वासको वातावरण कायम हुने छ । बोलीको प्रभाव न्युन हुने छ । प्रेममा धोकापूर्ण अवस्थाबाट गुज्रनु पर्ने छ ।
कर्कट
यस राशिका व्यक्तिहरुलाई यो साता औसत प्रकृतिको रहने छ । प्रेममा सफलता मिल्ने छ । आर्थिक चक्र सन्तुलनतर्फ जाने छ । पेशागत जीवन मध्यम खालको हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा आउने सवलताले अघि बढ्न निकै मद्धत मिल्ने छ । विदेश यात्राबाट लाभ मिल्ने छ । घरमा नयाँ सदस्यको आगमन हुने देखिन्छ । मनमा उदासिनताले पटक्कै छोड्ने छैन् । झैझगडाको अवस्था आउने छ ।
सिंह
यस राशिका व्यक्तिहरुलाई यो साता प्रतिकुलताबाट गुज्रने छ । आर्थिक व्यवस्थापन मिलाउन निकै कठिन पर्ने छ । जसका कारण समाजमा रहेको प्रतिष्ठामा गिरावट आउने छ । ऋण लाग्ने तथा अपमान सहनु पर्ने छ । पेशागत जीवनमा कठिनाईको क्षणहरु देखा पर्ने छन् । परिवारमा पनि आलोचना गर्नेहरु देखिने छन् । राजनीतिमा रहेकाहरु पराजित हुनु पर्ने अवस्था आउने छ । स्वास्थ्यमा समस्या देखिन्छ ।
कन्या
यस राशिका व्यक्तिहरुलाई यो साता कठिनाईबाट गुज्रनु पर्ने छ । खर्चको मात्रा धेरै हुँदा ऋण लिनु पर्नेअवस्थाबाट गुज्रनु पर्ने छ । मानसिक दबाब उत्पन्न हुँदा अन्योलता देखा पर्ने छ । परिवारको साथ कायम रहँदा ठुलो राहत मिल्ने छ । नातेदारहरुको पनि साथ रहने छ । धेरै जोखिमले भरिएका कामहरु भन्दा निरन्तरताका कार्यहरु गर्नु उपयुक्त हुने छ । बादबिबादबाट जोगिनु होला ।
तुला
यस राशिका व्यक्तिहरुलाई यो साता सकारात्मक सिँढि तर्फ जाने छ । रङ्ग रमाईलोका क्रमहरु निरन्तर रहने छ । चिसोजन्य समस्याले भने सताउने छ । यात्रामा जाने समय सक्रिय रहेको छ । सवारीसाधनबाट सन्तुष्टि मिल्ने छ । सन्तानका गतिबिधिले उत्साह ल्याउनेछ । दाम्पत्य जीवनमा सन्तुलन कायम हुँदा उत्साह आउने छ । मनमा कताकता पश्चापका क्रमहरु भने देखा पर्ने छ । यौन कमजोरी रहने हुँदा संयमित रहनु होला ।
वृश्चिक
यस राशिका व्यक्तिहरुलाई यो साता सकारात्मकता तर्फ लम्कने छ । प्रेममा सफलता प्राप्त हुने छ । धन आर्जन हुने कार्यहरु गर्न पाइने छ । रङ्ग रमाईलोमा खर्च धेरै हुने छ । यात्रामा जाने विशेष गरी विदेश यात्रा हुने छ । समाजबाट कदर र सम्मान प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा भने धेरै प्रगति हुने छैन् । नयाँ नयाँ काममा लम्कन मन लाग्ने र सफलता पनि प्राप्त हुने छ । दाम्पत्य जीवनमा भने चर्काचर्कि हुने चुनौति देखिन्छ ।
धनु
यस राशिका व्यक्तिहरुलाई यो सातामा सामान्य खालको रहने छ । चलिरहेका कार्यहरु सामान्य शैलीमा चलि रहने छन् । कुनै नयाँ नौलो उल्लेख्य परिस्थिति नभए पनि नयाँ मानिसहरुसँग भेटघाटका क्रमहरु बढ्ने छ । आर्थिक अवस्थामा केही सहजता आउने छ, बचत बढ्न जाने छ । गडेको पैसा उठ्ने छ । परिवारको विश्वास र भरोषा तपाईप्रति कायम रहने छ । सपना भने नराम्रो प्रकृतिका देखा पर्दा मानसिक दबाब कायम हुने छ ।
मकर
यस राशिका व्यक्तिहरुलाई यो साता सामान्यतया सकारात्मक रहने छ । आफुले खेलेको भुमिकाको कदर हुने छ । सवारीसाधनले भने दुःख दिने छ, सवारीसाधनजन्य खर्च बढ्न पुग्ने छ । पेशागत जीवन मध्यम खालको रहने छ । स्वास्थ्यमा सुधार आउने र मनोबल उच्च हुने छ । मानिसहरुमाथि गरेको विश्वासका कारण आफ्नो भुमिका बढ्न जाने छ । बौद्धिक अवस्था भने सुस्त गतिको रहने छ । नतिजामुखी स्वाभाव बन्न पुग्ने छ ।
कुम्भ
यस राशिका व्यक्तिहरुलाई यो साता सुधार हुने छ । मनमा दृढताका क्रम देखिने छ भने जीवनप्रति सन्तोष पनि मिल्ने छ । शारीरिक स्वास्थ्यमा सुधार आउने छ । मनोबल उच्च हुँदै जाने छ । पेशागत जीवनमा नयाँ नयाँ सम्भावनाका ढोका खुल्दा उत्साह देखिने छ । मित्रहरुको विश्वास कायम हुने र बढोत्तरी हुने छ । आर्थिक अवस्था औसत खालको रहने छ । परिवारमा स्वास्थ्यको अवस्थामा भने असन्तुलन आउँदा असजिलोको चुनौति थपिने छ ।
मीन
यस राशिका व्यक्तिहरुलाई यो साता केही सकारात्कतातर्फ जाने छ । पेशागत जीवनमा धेरै विश्वास आर्जन गर्न सकिने छ । आर्थिक आर्जन बढ्ने छ भने खर्चको मात्रा पनि बढ्न जाने छ । सौखिन खालको व्यक्तित्वका कारण मनोरञ्जनात्मक क्षेत्रमा हुने खर्च ह्वात्तै बढ्ने छ । झैझगडाको अवस्थाबाट बच्न हरदम प्रयास गर्नुहोला । अलि कडा खालको व्यक्तित्व हुने हुँदा अरुसँग सजिलै घुलमिल हुन कठिनाई महशुस हुने छ । विदेश यात्रामा कठिनाई झेल्नु पर्ने छ ।
(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)











प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्चमा परेको रिटमा आज पेसी
तराईमा अझै तीन दिन बाक्लो हुस्सु लाग्ने : सतर्क रहन मौसम महाशाखाको सुझाव
समानुपातिक बन्द सूची तयार पार्दै दलहरु
राष्ट्रियसभामा गठबन्धन र महाधिवेशनबारे छलफल गर्न कांग्रेसको आज बैठक बस्दै
अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया