बिहीबार, पुष १०, २०८२

आज तपाईको राशीफलले के भन्छ ?

मेरोन्यूज २०७८ पुष ११ गते ६:२०

आज वि. सं. २०७८ साल पौष महिनाको ११ गते आइतबार, पौष कृष्णपक्षको सप्तमी तिथि । आज रविसप्तमी परेको छ ।

मेष
कमाई धमाईमा निरन्तरता रहने छ । पेशागत जीवन सहज बन्ने छ भने थप जिम्मेबारी प्राप्त हुने छ । समाजबाट सम्मान प्राप्त हुन्छ । बादबिबाद र झैझगडाको अवस्थाबाट गुज्रनु पर्ने छ । स्वास्थ्यमा समस्या देखिने छ ।

वृष
सृजनशिल स्वाभाव हुने हुँदा नयाँ नयाँ कामहरु अघि बढ्न जाने छन् । तर अलि छरिएर सोच्ने र धेरै विषयमा सँलग्न रहने भएकाले सफलता भने कम हात लाग्ने छ । पेशागत जीवन औसत रहने छन् । आर्थिक अवस्था पनि सन्तुलित नै रहने छ । दुर्घटनाजन्य विषयमा सतर्क रहनु होला ।

मिथुन
धनमाल चोरी हुने चुनौति देखिएकाले सतर्क रहनु पर्ने देखिन्छ । आर्थिक नोक्सानी व्योहर्नु पर्ने छ । सतही खालको व्यक्तित्व हुने छ । कुनै पनि विषयलाई निकै हल्का रुपमा लिने संवेदनशिल स्वाभावले गर्दा प्राप्त जिम्मेबारी निर्वाह गर्न कठिन हुने देखिन्छ । स्वास्थ्यमा समस्या देखिने छ ।

कर्कट
दुविधात्मक अवस्थामा निर्णय लिन निकै कठिन हुने छ । प्रेममय वातावरण हुने छ । प्रेममा सफलता मिल्ने छ । आर्थिक पक्ष सन्तुलित रहने छ । प्रतिष्पर्धात्मक क्षमता मजबुद हुने भएकाले आँटिलो स्वाभाव हुने छ । पेशागत जीवनमा धेरै राम्रो नभए पनि अशुभ पनि हुने छैन् । उपहारहरु प्राप्त हुने छन् ।

सिंह
परिवारको ख्याति कमजोर हुने छ । आर्थिक पक्ष कमजोर हुँदा निकै चुनौतिपूर्ण अवस्था आउने छ । आर्थिक कारण अपमान सहनु पर्ने छ । पेशागत जीवनमा सन्तुलित बन्ने प्रयास गर्नु होला । परिवारमा निकै तनावपूर्ण वातावरण रहने हुनाले अशान्तिको वातावरण कायम रहने छ । मित्रहरुको साथको अभाव खड्कने छ ।

कन्या
मानसिक रुपमा विचलन हुने हुँदा सुख दुःखको क्षणमा पनि धैर्यता रहनु होला । आर्थिक अवस्था कठिन हुने छ । परिवारमा शान्तिपूर्ण वातावरण रहने छ । नाता कुटुम्बले पनि साथ दिने छन् । बादबिबादको क्रम हुने भएकाले सतर्क रहनु होला । सुन, मोदी, रत्नहरु जस्ता गरगहना हराउने चुनौति देखिएकाले सतर्क रहनु होला ।

तुला
फुरमासे स्वाभाव हुने हुँदा खर्चहरु निकै बढ्ने छन् । महङ्गो महङ्गो सामानहरु खरिद गर्न मन लाग्ने छ । स्वास्थ्य समस्या देखा पर्ने छ । नयाँ सवारीसाधन किन्ने वा साट्न मन लाग्ने छ । जीवनसाथिको साथले निकै मद्धत मिल्ने छ । विगतका घटनाक्रमहरुले मनमा पश्चातापका क्रमहरु एकपछि अर्काे गरि आउने छ ।

वृश्चिक
आरोप प्रत्यारोपहरु खेप्नु पर्ने छ । समाजले बर्जित भनेका कार्यहरुमा सँलग्न हुन मन लाग्ने भएकाले सचेत रहनु होला । प्रेममय वातावरण उत्पन्न हुने छ । कमाईमा बृद्धि हुने छ । तर रङ्ग रमाईलोमा पनि खर्च धेरै हुनेछ । विदेश यात्रा हुने वा यात्रामा रमाईलो हुने छ । दाम्पत्य जीवनमा बुझाईको कमि हुँदा असहजता उत्पन्न हुने छ । बोलीमा नियन्त्रण गर्नु होला ।

धनु
सामान्य अवस्था देखिन्छ । बौद्धिक क्षेत्रका गतिबिधिहरुमा सहभागि हुन पाइने छ । कमाई बढ्ने छ । आर्थिक लाभ हुने भए तापनि यसको सदुपयोग निकै कठिन हुने छ । परिवारमा विश्वासको वातावरण कायम हुँदा बलियो साथ मिल्ने छ । पेशागत जीवन मध्यम खालको हुने छ । विभिन्न खाले नकारात्मक सपनाहरुका कारण मनोवैज्ञानिक रुपमा दबाब उत्पन्न हुने छ ।

मकर
उच्च दृढ व्यक्तित्व हुने छ । दुर्घटनाजन्य विषयमा सतर्क रहनु होला । मदिराजन्य विषयमा सतर्क रहनु होला । पेशागत जीवनमा नयाँ नौलो अवस्था नआए पनि अशुभ पनि हुने छैन् । स्वास्थ्यमा सुधार आउने र मनोबल उच्च हुने छ । मानिसहरुमाथि गरेको विश्वासका कारण आफ्नो भुमिका बढ्न जाने छ । बौद्धिक अवस्था भने सुस्त गतिको रहने छ । नतिजामुखी स्वाभाव बन्न पुग्ने छ ।

कुम्भ
मनोबल सवल हुने छ । दृढताका कारण अलि रिसाह व्यक्तित्व बन्ने छ । शारीरिक स्वास्थ्यमा कमजोरी देखिने र खर्च पनि बढ्ने छ । पेशागत जीवन उत्साहपूर्ण हुने छ भने कमाईमा पनि बृद्धि हुने छ । जंगली जनावरजन्य आक्रमणको खतरा देखिने भएका कारण निकै सतर्क रहनु होला । पानीजन्य विषयमा पनि सतर्क रहनु होला । परिवारमा सकारात्मक भावना हुने र राम्रो वातावरण हुने छ ।

मीन
आर्थिक पक्ष सवल हुने छ । तर खर्च पनि निकै बढ्ने भएकाले बचत हुने छैन् । पेशागत जीवन सुखद् रहने छ । सौखिन खालको व्यक्तित्वका कारण खर्चका मात्राहरु अनावश्यक क्षेत्रमा ह्वात्तै बढोत्तरी हुने छ । झैझगडा र झडपपूर्ण अवस्थाबाट सकभर बच्नु नै उत्तम हुने छ । मुद्धा मामिला जस्तो अवस्था आउने भएकाले धैर्य भइ कदम चाल्नु होला ।

(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)

प्रतिक्रिया