आज तपाईको राशीफलले के भन्छ ?

आज वि. सं. २०७८ साल पौष महिनाको ११ गते आइतबार, पौष कृष्णपक्षको सप्तमी तिथि । आज रविसप्तमी परेको छ ।
मेष
कमाई धमाईमा निरन्तरता रहने छ । पेशागत जीवन सहज बन्ने छ भने थप जिम्मेबारी प्राप्त हुने छ । समाजबाट सम्मान प्राप्त हुन्छ । बादबिबाद र झैझगडाको अवस्थाबाट गुज्रनु पर्ने छ । स्वास्थ्यमा समस्या देखिने छ ।
वृष
सृजनशिल स्वाभाव हुने हुँदा नयाँ नयाँ कामहरु अघि बढ्न जाने छन् । तर अलि छरिएर सोच्ने र धेरै विषयमा सँलग्न रहने भएकाले सफलता भने कम हात लाग्ने छ । पेशागत जीवन औसत रहने छन् । आर्थिक अवस्था पनि सन्तुलित नै रहने छ । दुर्घटनाजन्य विषयमा सतर्क रहनु होला ।
मिथुन
धनमाल चोरी हुने चुनौति देखिएकाले सतर्क रहनु पर्ने देखिन्छ । आर्थिक नोक्सानी व्योहर्नु पर्ने छ । सतही खालको व्यक्तित्व हुने छ । कुनै पनि विषयलाई निकै हल्का रुपमा लिने संवेदनशिल स्वाभावले गर्दा प्राप्त जिम्मेबारी निर्वाह गर्न कठिन हुने देखिन्छ । स्वास्थ्यमा समस्या देखिने छ ।
कर्कट
दुविधात्मक अवस्थामा निर्णय लिन निकै कठिन हुने छ । प्रेममय वातावरण हुने छ । प्रेममा सफलता मिल्ने छ । आर्थिक पक्ष सन्तुलित रहने छ । प्रतिष्पर्धात्मक क्षमता मजबुद हुने भएकाले आँटिलो स्वाभाव हुने छ । पेशागत जीवनमा धेरै राम्रो नभए पनि अशुभ पनि हुने छैन् । उपहारहरु प्राप्त हुने छन् ।
सिंह
परिवारको ख्याति कमजोर हुने छ । आर्थिक पक्ष कमजोर हुँदा निकै चुनौतिपूर्ण अवस्था आउने छ । आर्थिक कारण अपमान सहनु पर्ने छ । पेशागत जीवनमा सन्तुलित बन्ने प्रयास गर्नु होला । परिवारमा निकै तनावपूर्ण वातावरण रहने हुनाले अशान्तिको वातावरण कायम रहने छ । मित्रहरुको साथको अभाव खड्कने छ ।
कन्या
मानसिक रुपमा विचलन हुने हुँदा सुख दुःखको क्षणमा पनि धैर्यता रहनु होला । आर्थिक अवस्था कठिन हुने छ । परिवारमा शान्तिपूर्ण वातावरण रहने छ । नाता कुटुम्बले पनि साथ दिने छन् । बादबिबादको क्रम हुने भएकाले सतर्क रहनु होला । सुन, मोदी, रत्नहरु जस्ता गरगहना हराउने चुनौति देखिएकाले सतर्क रहनु होला ।
तुला
फुरमासे स्वाभाव हुने हुँदा खर्चहरु निकै बढ्ने छन् । महङ्गो महङ्गो सामानहरु खरिद गर्न मन लाग्ने छ । स्वास्थ्य समस्या देखा पर्ने छ । नयाँ सवारीसाधन किन्ने वा साट्न मन लाग्ने छ । जीवनसाथिको साथले निकै मद्धत मिल्ने छ । विगतका घटनाक्रमहरुले मनमा पश्चातापका क्रमहरु एकपछि अर्काे गरि आउने छ ।
वृश्चिक
आरोप प्रत्यारोपहरु खेप्नु पर्ने छ । समाजले बर्जित भनेका कार्यहरुमा सँलग्न हुन मन लाग्ने भएकाले सचेत रहनु होला । प्रेममय वातावरण उत्पन्न हुने छ । कमाईमा बृद्धि हुने छ । तर रङ्ग रमाईलोमा पनि खर्च धेरै हुनेछ । विदेश यात्रा हुने वा यात्रामा रमाईलो हुने छ । दाम्पत्य जीवनमा बुझाईको कमि हुँदा असहजता उत्पन्न हुने छ । बोलीमा नियन्त्रण गर्नु होला ।
धनु
सामान्य अवस्था देखिन्छ । बौद्धिक क्षेत्रका गतिबिधिहरुमा सहभागि हुन पाइने छ । कमाई बढ्ने छ । आर्थिक लाभ हुने भए तापनि यसको सदुपयोग निकै कठिन हुने छ । परिवारमा विश्वासको वातावरण कायम हुँदा बलियो साथ मिल्ने छ । पेशागत जीवन मध्यम खालको हुने छ । विभिन्न खाले नकारात्मक सपनाहरुका कारण मनोवैज्ञानिक रुपमा दबाब उत्पन्न हुने छ ।
मकर
उच्च दृढ व्यक्तित्व हुने छ । दुर्घटनाजन्य विषयमा सतर्क रहनु होला । मदिराजन्य विषयमा सतर्क रहनु होला । पेशागत जीवनमा नयाँ नौलो अवस्था नआए पनि अशुभ पनि हुने छैन् । स्वास्थ्यमा सुधार आउने र मनोबल उच्च हुने छ । मानिसहरुमाथि गरेको विश्वासका कारण आफ्नो भुमिका बढ्न जाने छ । बौद्धिक अवस्था भने सुस्त गतिको रहने छ । नतिजामुखी स्वाभाव बन्न पुग्ने छ ।
कुम्भ
मनोबल सवल हुने छ । दृढताका कारण अलि रिसाह व्यक्तित्व बन्ने छ । शारीरिक स्वास्थ्यमा कमजोरी देखिने र खर्च पनि बढ्ने छ । पेशागत जीवन उत्साहपूर्ण हुने छ भने कमाईमा पनि बृद्धि हुने छ । जंगली जनावरजन्य आक्रमणको खतरा देखिने भएका कारण निकै सतर्क रहनु होला । पानीजन्य विषयमा पनि सतर्क रहनु होला । परिवारमा सकारात्मक भावना हुने र राम्रो वातावरण हुने छ ।
मीन
आर्थिक पक्ष सवल हुने छ । तर खर्च पनि निकै बढ्ने भएकाले बचत हुने छैन् । पेशागत जीवन सुखद् रहने छ । सौखिन खालको व्यक्तित्वका कारण खर्चका मात्राहरु अनावश्यक क्षेत्रमा ह्वात्तै बढोत्तरी हुने छ । झैझगडा र झडपपूर्ण अवस्थाबाट सकभर बच्नु नै उत्तम हुने छ । मुद्धा मामिला जस्तो अवस्था आउने भएकाले धैर्य भइ कदम चाल्नु होला ।
(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)
















सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
२७ अंकले बढ्यो सेयर बजार, कारोबार पनि सुधार
चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया