सुकुम्बासी बस्तीमा न्यानो कपडा हस्तान्तरण

काठमाडौँ । पर्वतको जलजला गाउँपालिका ४ लामाखेतमा रहेको सुकुम्बासी बस्तीमा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । लायन्स क्लब अफ पर्वत गुप्तेश्वर र नमूना स्काउटको आयोजना तथा कुश्मा नगरपालिका ७ को सहकार्यमा स्थानीयवासी झण्डै सय जनालाई न्यानो कपडा वितरण गरिएको हो ।
स्थानीय क्विक रेस्क्यु फोर्सको सहकार्यमा पीडितको बस्तीमै पुगेर कपडा वितरण गरिएको लायन्स क्लब अफ पर्वत गुप्तेश्वरका अध्यक्ष अर्जुन पौडेलले जानकारी दिए । स्थानीय बालबालिका, महिला तथा ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने करिब सय सेट न्यानो कपडा पर्वत उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष केदार शर्माले क्विक रेस्क्यु फोर्सलाई हस्तान्तरण गरेका थिए ।
गरिब तथा विपन्न परिवारका बालबालिका र ज्येष्ठ नागरिकलाई चिसोबाट बचाउन क्लबले न्यानो कपडा वितरण अभियान सञ्चालन गरेर उदाहरणीय कार्य गरेको उनले बताए । अभियानअन्तर्गत यसअघि कुश्माबजारका झण्डै दुई सय र मालढुंगाको माझी बस्तीका दुई सय परिवारलाई न्यानो कपडा वितरण गरिसकिएको छ ।
चिसोका कारण प्रभावित बनेका गरिब, विपन्न र दलित समुदायका परिवारलाई मध्यनजर गर्दै पर्वतमा न्यानो कपडा वितरण अभियान थालिएको क्लबका अध्यक्ष पौडेलले बताए । चिसोबाट गरिब तथा विपन्न परिवारलाई बचाउन क्लबले ‘चिसोबाट आफू पनि जोगिऔँ अरुलाई पनि जोगाऔँ, हुनेले दिऊँ नहुनेले लैजाऊँ’ भन्ने अभियान सञ्चालन गरेको उनको भनाई थियो । अभियानका क्रममा सहयोगदाताबाट पाँच सय प्रतिशत नयाँ र ५० प्रतिशत सफा कपडा संकलन भएको उनले बताए ।
















ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
प्रतिक्रिया