कक्षा १० मा अध्ययनरत विद्यार्थीले बनाए विद्युतीय कार

कैलाली । कैलालीको धनगढीमा रहेको एक्सीस विद्या आश्रमका चार जना छात्रले सार अल्फा नामक विधुतीय चार पाङ्ग्रे कार निमार्ण गरेका छन् । एक्सिस विद्या आश्रममा अध्ययनरत विद्यार्थी ऋषिकेश थापा, रोहित ऐर, आदित्य जोशी र सक्षम रेग्मीले कार निमार्ण गरेका हुन् ।
कोरोनाको दोस्रो लहरमा जारी गरिएको लकडाउनमा उनीहरूले सो कार्य गर्ने निर्णय गरेका थिए । करिब चार महिना लगाएर करिब डेढ लाख लागतमा सारअल्फा नामक कार निमार्ण गरेको ऋषीकेष थापाले बताए ।
घर परिवार र विद्यालयको सहयोगबाट आफूहरूले सो कार निमार्ण गरेको उनको भनाई छ । “लकडाउनलाई सदुपयोग गरौँ भन्ने सोचले हामीले यो कार्य सुरु गरेका थियौ,” थापाले भने, “यो अवधिमा धेरै समस्या पनि आए,त्यही पनि हामीले घर परिवार र विद्यालयबाट आर्थिक सहयोग पायौ । करिब चार महिना लाग्यो बनाउन । अहिले पनि निमार्ण कार्य जारी छ ।”
कारमा चाहिने सामाग्रीहरू विभिन्न ठाउँबाट जुटाएर कार निमार्ण गरेको उनको भनाई छ । कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले पढाईसँगै आफूहरूको क्षमतालाई पनि बाहिर ल्याउने उद्देश्यले आफूहरू पढाईसँगसँगै यो क्षेत्रमा लागेको उनीहरूको भनाई छ । अहिले सो कारमा चार वटा व्यट्रीको प्रयोग गरिएको छ ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
प्रतिक्रिया