कक्षा १० मा अध्ययनरत विद्यार्थीले बनाए विद्युतीय कार

कैलाली । कैलालीको धनगढीमा रहेको एक्सीस विद्या आश्रमका चार जना छात्रले सार अल्फा नामक विधुतीय चार पाङ्ग्रे कार निमार्ण गरेका छन् । एक्सिस विद्या आश्रममा अध्ययनरत विद्यार्थी ऋषिकेश थापा, रोहित ऐर, आदित्य जोशी र सक्षम रेग्मीले कार निमार्ण गरेका हुन् ।
कोरोनाको दोस्रो लहरमा जारी गरिएको लकडाउनमा उनीहरूले सो कार्य गर्ने निर्णय गरेका थिए । करिब चार महिना लगाएर करिब डेढ लाख लागतमा सारअल्फा नामक कार निमार्ण गरेको ऋषीकेष थापाले बताए ।
घर परिवार र विद्यालयको सहयोगबाट आफूहरूले सो कार निमार्ण गरेको उनको भनाई छ । “लकडाउनलाई सदुपयोग गरौँ भन्ने सोचले हामीले यो कार्य सुरु गरेका थियौ,” थापाले भने, “यो अवधिमा धेरै समस्या पनि आए,त्यही पनि हामीले घर परिवार र विद्यालयबाट आर्थिक सहयोग पायौ । करिब चार महिना लाग्यो बनाउन । अहिले पनि निमार्ण कार्य जारी छ ।”
कारमा चाहिने सामाग्रीहरू विभिन्न ठाउँबाट जुटाएर कार निमार्ण गरेको उनको भनाई छ । कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले पढाईसँगै आफूहरूको क्षमतालाई पनि बाहिर ल्याउने उद्देश्यले आफूहरू पढाईसँगसँगै यो क्षेत्रमा लागेको उनीहरूको भनाई छ । अहिले सो कारमा चार वटा व्यट्रीको प्रयोग गरिएको छ ।
















मौसम पूर्वानुमान : कस्ताे रहला आज दिनभरकाे माैसम ?
आज २०८२ साल माघ १४ गते बुधबारको राशिफल
विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
निर्वाचन ३९ दिन बाँकीः उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
प्रतिक्रिया