प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफलाई

कैलाली । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि एफीएफले जितको छ । आइतबार भएको फाइनलमा प्रदेश एकलाई ७ विकेटले पराजित गर्दै एपिएफले उपाधि जितेको हो ।
फाप्ला क्रिकेट मैदान धनगढीमा भएको फाइनलमा प्रदेश एकले जितका लागि ६८ रनको सामान्य लक्ष्य दिएको थियो । उक्त लक्ष्य एपिएफले १४.२ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । एपिएफको जितमा ममता चौधरी र ज्योती पाण्डेले चौथो विकेटका लागि ३३ रनको साझेदारी गरे । ज्योती ३९ बलमा ३६ रन बनाएर अविजित रहँदा उनलाई ममता चौधरीले २३ बलमा १९ रन बनाएर साथ दिएकी थिइन । त्यसअघि ओपनर इन्दु वर्मा ५, रोमा थापा ४ र राजमती ऐरी शुन्य रनमै आउट भएपनि पाण्डे र चौधरीले एपीएफलाई जित दिलाए ।
त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको प्रदेश एकले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ६७ रनमात्र बनाउन सक्यो । प्रदेश एकका लागि कप्तान रुविना क्षेत्रीले ४६ बलमा ३ चौकाको सहयोगमा ३४ रन बनाउँदा थप दोहोरो रनको स्कोरका रुपमा अप्सरी बेगमको ११ रन रह्यो । अन्य कुनैपनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्। पुरा ओभर खेलेपनि कुनैपनि ब्याटरले गतिलो स्कोर बनाउन नसक्दा प्रदेश एक कमजोर योगफलमा समेटिन बाध्य भयो।एपीएफका लागि सिता रानामगरले ३, रेखा रावलले २ र करुणा भण्डारीले १ विकेट लिए ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया