आजको दिन कस्तो ? हेर्नुहोस् राशीफल

आज वि.सं. २०७८ साल पौष महिनाको १२ गते सोमबार, पौष कृष्णपक्षको अष्टमी तिथि रहेको छ ।
मेष
आफुलाई भाग्यहिन लाग्ने छ । स–साना विषयमा पनि झनक्क–झनक्क रिस उठ्ने हुने छ । त्यसैले रिस नियन्त्रणका लागि जोड दिनु होला । मनमा उदासिनता बढाउने छ ।साझेदारीमा गरिएका कामहरुले एक हदसम्म प्रतिफल दिने छन् । बचत तथा धन सम्पत्ति खर्च हुने योग देखिएकाले यसबारेमा सतर्क भएर अघि बढ्दा ठिक हुने छ । आयात निर्यात, ठेक्का पट्टा, प्रशासन, ब्यवस्थापन जस्ता जिम्मेबारीमा सक्रिय ब्यक्तिहरुले अपजस ब्योहर्नु पर्ने छ ।
वृष
आत्माबल बलियो हुने भएकाले जटिलतासँग जुध्न शक्ति प्राप्त हुने छ । असजिलो परिस्थितिमा पनि ब्यक्तित्वको प्रभाव कायम रहने छ । पेशागत जीवन र ब्यापार औसत खालको रहने छ । समय प्रतिकुल देखिएकाले सतर्क रहनु होला । मनमा अनावश्यक चिन्ताले सताउने छ, जसले गर्दा मनमा उदासिनता देखिन जाँदा उमङ्ग र जाँगरको कमि हुने छ ।
मिथुन
पेशागत जीवन भने सकारात्मक तथा स्थिर रहने देखिन्छ । परिवारमा समझदारी कायम हुने छ । दाम्पत्य जीवनमा विवाद हुने भएकाले समझदारीले काम गर्नु होला । साझेदारीमा गरिएका कार्यहरुमा अवरोध आउने छ । मनमा निरन्तर दुविधा आउने भएकाले निर्णय क्षमतामा निकै कमि देखा पर्ने छ । यसले दुविधात्मक ब्यक्तित्व बनाई दिने छ ।
कर्कट
मन उदासिनताको मात्रा बढ्ने हुँदा कार्य सम्पादनमा जोश जाँगर भन्दा नकारात्मक भावनाले प्रशय पाउने भएकाले मन नियन्णका उपायहरुमा ध्यान दिनुहोला । मनमा निराशाले डेरा जमाउने छ । भाग्यको साथ छैन् । साझेदारीमा गरिएका कामहरुले सफलता दिने छ । जीवनसाथिको साथ लिए काम गरेमा यसले सफलता दिने छ । ब्यक्तित्व बोल्ड प्रकृतिको देखिन्छ । पेशागत जीवन भने सकारात्मक रहने छ ।
सिंह
बोलीको प्रभावमा कमि आउने भएकाले विचार गरेर मात्र बोल्नु होला । ब्यक्तित्वमा कमि आउने छ । समय अनुकुल हुन सकेको छैन् । पेशागत तथा ब्यावसायिक जीवनमा अवरोधहरु आउने छन् । आम्दानीमा हुने कमिको विषयलाई लिएर मनमा अन्योल र असन्तोष उत्पन्न हुन जाने छ । जसले गर्दामा मनमा उदासिनता र चिन्ता बढाउने छ । भाग्यहिनताको अनुभुति मनमा हुने भएकाले यसले कार्य सफलतामा असर पार्ने छ ।
कन्या
आम्दानी औसत प्रकृतिको रहने छ । भाग्यको बलियो साथ रहेको छ । देखा परेका समस्या समाधानमा साहस प्राप्त हुने छ । मनमा अत्याधिक दुविधा हुने भएकाले काम प्रति मन केन्द्रीत हुन नसक्दा कार्य सफलतामा अवरोधहरु आउन जाने छन् । पेशागत जीवनमा स–साना उतार चढाव आए तापनि औसतमा यो सकारात्मक दिशामा नै अघि बढ्ने छ ।
तुला
छोटोछोटो यात्रा गर्नु पर्ने अवस्था आउने छ । आफ्नो पैतृक सम्पत्ति तथा आफुले सृजना गरेको धन सम्पत्तिबाट सुख प्राप्त हुने छ । ब्यक्तित्वमा भने गिरावट आउने छ । शारीरिक कमजोरी देखा पर्ने भएकाले कसरत र योग गर्ने तर्फ ध्यान दिनु उपयुक्त होला । पेशागत जीवनमा भने चुनौतिहरु र विवाद देखा पर्ने भएकाले सतर्क रहनु होला ।
वृश्चिक
आम्दानीमा केही बृद्धि हुन पुग्ने छ । मनोबल उच्च रहने छ । नेतृत्व क्षमतामा पनि बृद्धि हुने छ । भाग्यको साथ रहेकाले धन, सम्पत्ति तथा भाग्यमा बढोत्तरी हुने छ । ब्यापार ब्यावसाय तथा पेशागत जीवन भने अलि अस्थिर हुन पुग्ने भएकाले सतर्कतासहित हिड्नु पर्ने देखिन्छ । जीवनसाथिको साथमा कामलाई अघि बढाएमा फाइदा हुन जाने छ । साझेदारीमा गरिएका कामहरुबाट पनि लाभ प्राप्त हुने छ ।
धनु
प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने भएकाले प्रतिकुल परिस्थितिमा पनि मनोबल कायम राख्न मद्दत पुग्ने छ । शत्रु पराजय गरी हावि हुने तागत पैदा हुने छ । तर मनमा भने निराशाको भाव भने पैदा भइरहने छ । अनावश्यक शुरोपनामा पनि भारी बृद्धि हुने भएकाले यसबारेमा भने निकै सतर्क रहनु होला । दम्पत्ति एक अर्कामा समर्पित हुने अवस्था रहे पनि केही विवाद हुन जाने छ । पेशागत जीवन र व्यवसायमा थप जोखिमको बाटोमा अघि बढ्नु पर्ने समय छ ।
मकर
बोलीमा एक रुपता हुने छैन् । तुरुन्तै नरम र तुरुन्तै कडा खालको बोली हुने हुँदा दुविधात्मक स्वाभाव देखा पर्ने भएकाले अरुले विश्वास गर्ने छैनन् । मनमा अनावश्यक दुविधा र चिन्ता थपिने छ । यसले मनोबलमा कमि ल्याउने छ भने निर्णय क्षमतामा पनि नकारात्मक प्रभाव पार्ने छ । पैतृक सम्पत्ति तथा धन सम्पत्तिका विषयमा विवाद चर्कने योग देखिएकाले यस विषयमा सतर्कताको खाँचो छ । आर्थिक लेनदेनमा विचार गरेर मात्र कारोवार गर्नुहोला ।
कुम्भ
पारीवारिक जीवनमा नेतृत्व गर्नुपर्ने जिम्मेबारी आउने छ, अर्थात भुमिका बढ्ने छ । धन सम्पत्तिमा बृद्धि हुन पुग्ने छ । पेशागत जीवनमा नसोचिएका समस्याहरु उत्पन्न हुन जाने भएकाले त्यसले अनावश्यक झमेलामा धकेलि दिने छ । साझेदारी शुभ रहने छ । जीवनसाथिको साथले उत्पन्न समस्या समाधानमा जुक्ति तथा उपायहरु निकाल्नमा निकै ठुलो मद्धत प्रदान गर्ने छ । पेशागत जीवन र ब्यावसायिक क्षेत्रमा केही चुनौतिहरु देखा पर्ने छन् ।
मीन
मेहनति र पराक्रमी स्वाभाव निरन्तर रहने छ । आम्दानीमा हुने बृद्धिले निकै उत्साह थप्ने छ । मनमा अलि नकारात्मक विचारहरुका क्रम देखा पर्दा जाँगरको कमि महशुस गराउने छ । मनलाई संयमित राख्ने प्रयास गर्नु पर्ने देखिन्छ । परिवारको भरोसा बढ्ने भएकाले थप जिम्मेबारी महशुस हुने छ । धन सम्पत्तिका विषयमा द्वन्द र मुद्धा मामिलाको अवस्था आउने छ । पेशागत जीवन धेरै शुभ हुन सक्ने छैन् ।
(ज्यो. गुरु दिवाकर पन्त – ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)
















ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
१५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
कारागार कार्यालय चितवनबाट फरार भारतीय कैदी पक्राउ
साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
अमेरिकी सेनाद्वारा हर्मुज जलडमरूमध्य खोल्ने प्रयास, इरानसँग तनाव बढ्दै
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया