नयाँ वर्षमा भारतको राजधानी लकडाउन हुने
मेरोन्यूज
२०७८ पुष १२ गते ७:५२
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन लकडाउन गर्ने भएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितको संख्या बढेपछि राज्य सरकारले सोमबारदेखि लकडाउन गर्ने भएको हो ।
राति ११ बजेदेखि बिहान ५ बजेसम्म लकडाउन लगाउने भएको हो । भारतमा पछिल्लो २४ घण्टामा सात हजार जनामा कोभिड संक्रमित भेटिएका छन् । उनीहरुमध्ये ४२२ जनामा नयाँ भेरियन्ट देखिएको छ ।
नयाँ भेरियन्टका बिरामी र अधिकांश संक्रमित नयाँ दिल्लीमा देखिएका छन् । यसअघि उत्तर प्रदेशमा रात्रिकालीन लकडाउन लगाइएको थियो ।
अंग्रेजी नयाँ वर्षमा होटल, रेस्टुराँ, सांगीतिक क्लबलगायत बढी भिडभाड हुने क्षेत्रमा मानिसहरूको चहलपहल बढ्ने भएकाले विभिन्न राज्यमा निषेधाज्ञा र कर्फ्यू लगाइएको छ ।
सम्बन्धित
















युरोपेली युनियनद्वारा रूसी ग्यासमा प्रतिबन्ध
नवीकरणीय ऊर्जाका लागि सशक्त कानुन बनाइँदै छ : मन्त्री सिन्हा
धनुषाका १९४ मतदानस्थल अतिसंवेदशनशील
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
दुई हजार एक सय जना एमालेमा प्रवेश
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई जिम्बाबेले दियो १ सय ३० रनको लक्ष्य
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
प्रतिक्रिया