अस्पताल बनाउन ६० लाख सहयोग हस्तान्तरण
सोलुखुम्बु । जिल्लाको मैदेल सेरोफेरो गुरुङ समाज लाउरे टोल काठमाडौँले दूधकोशी सामुदायिक अस्पतालको भवन बनाउन करिब ६० लाख रुपैयाँ सहयोग गरेको छ । सोलुको थुलुङ दूधकोशी गाउँपालिका ६ मैदेल स्थायी ठेगाना भई लाउरे टोल निवासी गणेशबहादुर गुरुङ र गोविन्द गुरुङले उक्त रकम संकलन गरेका हुन् ।
अस्पताल सञ्चालक समितिका कोषाध्यक्ष बलराम गुरुङले अनुसार समाजले समितिलाई आइतबार मात्र १४ लाख ८३ हजार रुपैयाँ हस्तान्तरण गरेको थियो । सो अवसरमा समाजका १०३ जनालाई खादासहित सम्मान पत्र प्रदान गरिएको थियो ।
थुलुङ दूधकोशी गाउँपालिका अध्यक्षसमेत रहेका अस्पताल सञ्चालन समितिका अध्यक्ष असिम राईले सबैको सहयोगबाट अस्पताल भवन निर्माण ९५ प्रतिशत पूरा भएको जानकारी दिए । आगामी फागुनको पहिलो हप्ताभित्र सञ्चालन गर्ने तयारी भएको उनले बताए ।
स्थानीयवासीलाई सामान्य उपचारका लागि समेत जिल्ला बाहिर जानु पर्ने बाध्यता रहेको छ । अस्पताल निर्माण सम्पन्न गर्न करिब ३० करोड खर्च हुने अनुमान गरिएको छ । गाउँपालिका केन्द्र मुक्लीमा रहेको सो अस्पताल निर्माणार्थ महायज्ञ समेत लगाइएको थियो ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया