अस्पताल बनाउन ६० लाख सहयोग हस्तान्तरण
सोलुखुम्बु । जिल्लाको मैदेल सेरोफेरो गुरुङ समाज लाउरे टोल काठमाडौँले दूधकोशी सामुदायिक अस्पतालको भवन बनाउन करिब ६० लाख रुपैयाँ सहयोग गरेको छ । सोलुको थुलुङ दूधकोशी गाउँपालिका ६ मैदेल स्थायी ठेगाना भई लाउरे टोल निवासी गणेशबहादुर गुरुङ र गोविन्द गुरुङले उक्त रकम संकलन गरेका हुन् ।
अस्पताल सञ्चालक समितिका कोषाध्यक्ष बलराम गुरुङले अनुसार समाजले समितिलाई आइतबार मात्र १४ लाख ८३ हजार रुपैयाँ हस्तान्तरण गरेको थियो । सो अवसरमा समाजका १०३ जनालाई खादासहित सम्मान पत्र प्रदान गरिएको थियो ।
थुलुङ दूधकोशी गाउँपालिका अध्यक्षसमेत रहेका अस्पताल सञ्चालन समितिका अध्यक्ष असिम राईले सबैको सहयोगबाट अस्पताल भवन निर्माण ९५ प्रतिशत पूरा भएको जानकारी दिए । आगामी फागुनको पहिलो हप्ताभित्र सञ्चालन गर्ने तयारी भएको उनले बताए ।
स्थानीयवासीलाई सामान्य उपचारका लागि समेत जिल्ला बाहिर जानु पर्ने बाध्यता रहेको छ । अस्पताल निर्माण सम्पन्न गर्न करिब ३० करोड खर्च हुने अनुमान गरिएको छ । गाउँपालिका केन्द्र मुक्लीमा रहेको सो अस्पताल निर्माणार्थ महायज्ञ समेत लगाइएको थियो ।
















वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया