माओवादी केन्द्रको बन्दसत्र सञ्चालन गर्न बनाइयो सात सदस्यीय अध्यक्ष मण्डल
मेरोन्यूज
२०७८ पुष १२ गते १२:४०

काठमाडौं । माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत सोमबार मध्याह्नदेखि बन्दसत्र सुरु भएको छ । बिहान ११ बजेदिन बन्दसत्र सुरु गर्ने बताइए पनि अध्यक्षमण्डल गठनमा केही समय लागेकाले ढिला गरी सञ्चालन भएको हो ।
बन्दसत्र सञ्चालन गर्न सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । अध्यक्ष मण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, परशुराम रम्तेल, पूर्णाकुमारी सुवेदी र रूपा श्रेष्ठ छन् ।
सम्बन्धित









यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि
एमाले महाधिवेशनको मतदान सकियो: खस्यो २२२७ मत, ३६ अनुपस्थित
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया