रेखाका कारण अविवाहित बने सलमान

मुम्बई । बलिउडका भाइजान अर्थात् सलमान खान आज ५६औं जन्मदिन मनाइरहेका छन् । जन्मदिनको एक दिनअघि उनलाई सर्पले टोकेको थियो । तर अहिले उनको अवस्था ठिक छ र डिस्चार्ज भएर घर फर्किसकेका छन् ।
सलमान भन्नासाथ उनको विवाह कहिले हुने भन्ने चासो जोकोहीको रहन्छ । तर सलमानका अनुसार उनी एक अभिनेत्रीका कारण जीवनभर अविवाहित नै रहे । ती अभिनेत्री हुन्, रेखा ।
सलमानले एकपटक आफूले विवाह गर्न नचाहेको कारणको खुलासा गरेका थिए । यो खुलासा उनले सन् २०१४ मा ‘बिग बोस’को सेटमा गरेका थिए । जुन समयमा रेखा आफ्नो फिल्म ‘सुपर नानी’को प्रमोसनका लागि पुगेकी थिइन् ।
‘टिनएजमा म रेखाबाट धेरै प्रभावित थिएँ । त्यो समयमा रेखा र हामी छिमेकी थियौं । म रेखालाई मर्निङ वाकमा जाँदै गरेको हेर्नलाई बिहान साढे ५ बजे उठ्ने गर्थें । रेखाकै चक्करमा म योग कक्षा भर्ना पनि भएँ’, सलमानले भनेका छन् ।
सलमानका अनुसार योग कक्षामा रेखा नियमित योग सिकाउँथिन् । जहाँ सलमानका साथीहरु पुग्थे । रेखाका अनुसार सलमानले आफ्नो घरमा आफू ठूलो भएपछि रेखासँग विवाह गर्ने प्रस्ताव गरेका थिए । ‘सायद यही कारण मेरो विवाह हुन सकेन’, सलमान भन्छन् । सलमानको कुरा सकिन नपाउँदै रेखाले पनि ‘सायद आफ्नो पनि यही कारणले नभएको हो कि’ भनेकी छन् ।









पुरानै संरचनामा फर्कियो एमाले, पदाधिकारी १९, स्थायी कमिटी यथावत
एमाले महाधिवेशनको बन्दसत्र सुरु हुने समय फेरि सर्याे
डेङ्गीको सङ्क्रमण घट्दो क्रममा
जसपाद्वारा उमदेवारको नाम सिफारिस गर्न सर्कुलर
एमाले उपाध्यक्ष युवराज ज्ञवालीले गरे उम्मेदवार नबन्ने घोषणा
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया