सातदोबाटोमाथि जावलाखेलको सहज जित

काठमाडौं । सातदोबाटो युथ क्लबलाई २-० अन्तरले पराजित गर्दै जावलाखेल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला सोमबार भएको खेलमा वैकल्पिक खेलाडी विपिन कँडेल र विदेशी खेलाडी निकोलास फर्नाण्डेजले दोस्रो हाफमा गोल गरेपछि जावलाखेलले सहज जित पाएको हो ।
खेलको ५०औँ मिनेटमा जावलाखेलले अग्रता बनाएको थियो । जावलाखेलका वैकल्पिक खेलाडी विपिन कँडेलले सिक्स यार्ड बक्सबाट सहज गोल गरेका थिए । ७०औँ मिनेटमा जावलाखेलले अग्रता दोब्बर बनायो । विदेशी खेलाडी निकोलास फर्नाण्डेजले बक्स बाहिरबाट गरेको प्रहारमा गोलरक्षक अभिषेक बराललाई टच हुँदै बलले जाली चुम्यो ।
खेलमा सातदोबाटोको तुलनामा जावलाखेलले बलमाथि पकड र पोस्ट बढी जमायो । जितसँगै जावलाखेल ६ खेलबाट ७ अंक बनाउँदै नवौं स्थानमा उक्लिएको छ । यता, सातदोबाटो समान खेलबाट ८ अंकसहित पाचौँ स्थानमा यथावत छ ।
योसँगै शीर्ष डिभिजन लिगको छैठौँ चरणको खेल सकिएको छ । १३ अंक बनाएको मच्छिन्द्र फुटबल क्लब शीर्षस्थानमा छ । तीन अंक बनाएको फ्रेण्ड्स पुछारमा छ ।










नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता
मुस्ताङकाे सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती
प्रधानमन्त्री बन्ने चाहना छ, गोरुजस्तै जोतिएर देशको सेवा गर्नेछु – विप्लव
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया