नेपाल मेडिकल कलेजद्वारा ओपिडी र इमरजेन्सीमा निःशुल्क भर्नाको घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजले एक महिनासम्म विभिन्न सेवाहरुमा शतप्रतिशत छुट दिने भएको छ । जोरपाटी अत्तरखेल स्थित कलेजले स्वास्थ्य सेवा तर्फ उपचारार्थ आउने विरामीहरुलाई एक महिनासम्म छुट दिने घोषणा गरेको हो ।
कलेजका म्यानेजिङ डाइरेक्टर बसरुद्धिन अन्सारीले गरिब, असहाय तथा कमजोर आर्थिक अवस्था भएका विरामीलाई लक्षित गर्दै सवै प्रकारका जनरल वेडहरु निःशुल्क गरिएको बताए ।
कलेजले पुस १५ गतेदेखि माघ १५ गतेसम्म इमरजेन्सी, ओपिडी र जनरल वेडहरुमा भर्ना शुल्क शतप्रतिशत छुट गरेको हो ।
कलेजमा अब कुनैपनि उपचारका लागि आउने विरामीले एक महिनासम्म ओपिडीको टिकटमा पैसा तिर्नु पर्दैन भने जनरल वेडहरुमा बस्दा ५० प्रतिशत मात्र खर्च तिरे पुग्छ ।
‘इमरजेन्सीमा आउने सम्पूर्ण विरामीहरुलाई विरामी दर्ता र भर्ना शुल्क शतप्रतिशत छुट गरेका छौं, ओपिडीमा पनि नयाँ र पुरानो दुवै विरामीको नाम दर्तामा शतप्रतिशत छुट छ भने, साधारण शैयामा भर्ना हुन आउने विरामीलाई पनि शैया शुल्कमा ५० प्रतिशत छुट गरेका छौं ।’ म्यानेजिङ डाइरेक्टर अन्सारीले पत्रकार सम्मेलनमा भने ।
६ महिना अगाडी मात्रै नेपाल मेडिकल कलेजमा आएका अन्सारीले गरिब, असहाय, निमुखा, टुहुरा, विपन्न वर्ग, एकल महिला, जेष्ठ नागरिक लगायत विभिन्न कारणले स्वास्थ्योपचार पाउन नसकेकालाई यो छुट दिइएको जनाए ।
‘हामीसँग तल्लो, मध्यम तथा उच्च वर्गहरु उपचारका लागि आउने गरेका छन् । आथिक रुपमा बलियो भएकाहरुले पैसा तिरेर उपचार गराउँदा कमजोर भएकाहरुलाई निःशुल्क सेवा दिने अभियान चालेका हौं ।’ अन्सारीले भने ।
अन्सारीले नेपाल मेडिकल कलेजमा प्रवेश गरेपछि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै लगेका छन् । समय सापेक्ष अस्पतालको सेवा विस्तार गर्ने कार्य भइरहेको बताउँदै कलेजले आउँदा दिनहरुमा आइसियू सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउने भएको छ । यसका लागि थप २३ वटा आइसियू वेड थप गर्ने भएको छ ।
यस्तै, मृगौला, क्यान्सर रोग लागेका विरामीको उपचारमा समेत नेपाल मेडिकल कलेजले सेवाहरु प्रभावकारी बनाउँदै लैजाने बताएको छ । आगामी वर्षहरुमा मुटु रोगको उपचारार्थ आधुनिक क्याथ ल्यावसहितको पूर्वाधार थप्ने भएको छ ।
कलेजले इमरजेन्सी सेवालाई थप व्यवस्थित र २४ सै घण्टा विशेषज्ञ सहितको चिकीत्सक ब्यवस्थापन गरेको छ ।
इमरजेन्सीमा आउने कुनैपनि विरामीको उपचारमा ढिलासुस्ती हुन नदिन विशेषज्ञ चिकित्सकहरुको व्यवस्थापन गरिएको हो । लामो समय टिचिङ अस्पतालमा रहेर अनुभव हासिल गरेका बरिष्ठ चिकित्सकको नेतृत्वमा इमरजेन्सी सेवा रहेको बताइएको छ ।
कलेजले अस्पताल सेवातर्फ सञ्चारकर्मीहरुलाई पनि छुट दिने भएको छ । सूचना विभाग तथा सञ्चार प्रेस रजिष्ट्रार कार्यालयको परिचयपत्र वाहक सञ्चारकर्मीहरुलाई ल्याव, वेड चार्ज तथा विभिन्न उपचार सेवाहरुमा छुट गरिने छ ।
















परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट
वैश्विक ऊर्जा सङ्कटबीच अस्ट्रेलियाको आत्मनिर्भरता रणनीति
नेपाल लाइफको २५औँ वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविरदेखि देशभर रक्तदान
डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया