तलब नदिने मिडिया हाउसमा पत्रकार महासंघले धर्ना दिने

काठमाडौं । श्रमजीवी पत्रकारहरूको सेवा सुविधा नदिने श्रमजीवी पत्रकारहरूको सेवा सुविधा नदिने मिडिया हाउसमा नेपाल पत्रकार महासंघले धर्ना दिने भएको छ ।
प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवी पत्रकार हित प्रवद्र्धन विभागका संयोजक तथा वरिष्ठ उपाध्यक्ष रमेश विष्टको अध्यक्षतामा बसेको बैठकले तलब नदिएका मिडिया हाउसमा कालो ब्यानरसहित धर्ना दिने निर्णय गरेको हो ।
अन्नपूर्ण पोष्ट, नागरिक दैनिक, दि हिमालय टाइम्स, राजधानी दैनिक लगायतका ब्रोडसिटका पत्रिका तथा रेडियो सगरमाथा, इमेज च्यानल, न्यूज २४ टेलिभिजन लगायतमा काम गर्दै आएका पत्रकारले लामो समयदेखि तलब नपाएको उजुरी महासंघमा परेपछि महासंघले आन्दोलन गर्ने भएको हो ।
बैठकले सञ्चार प्रतिष्ठानले विभिन्न बहानामा पारिश्रमिक नदिएका, बेतलबी बिदामा राखिएका र श्रमजीवी पत्रकार ऐनअनुसारको सेवा सुविधा नदिएका श्रमजीवी पत्रकारहरूको समस्या तत्काल समाधान गर्न सम्बन्धित सञ्चार गृहलाई पुनः आग्रह गरिने निर्णय गरेको छ । महासंघले सेवा सुविधा नदिने सञ्चारमाध्यमविरुद्ध कठोर संघर्ष उत्रने निर्णय गरेको छ ।
‘राज्यबाट सहुलियतपूर्ण कर्जा लिने तर पत्रकारलाई दिनुपर्ने सेवा सुविधा नदिने कुरा महासंघलाई स्वीकार्य छैन ।’– महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।















माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
सभापतिबाट राजीनामा नदिन गगनलाई ललितपुरका जनप्रतिनिधिको आग्रह
चितवन कारागारबाट भागेका ११ भारतीयसहित १ सय कैदी अझै फर्किएनन्
सुनसरीबाट दुई सय केजी गाँजा बरामद
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
सेयर बजारमा तेस्रो सर्किट, आजका लागि कारोबार बन्द
प्रतिक्रिया