मेडिकल कलेजले कोरोनाको खोप लगाइदिन पाउने
मेरोन्यूज
२०७८ पुष १३ गते ६:३२
काठमाडौँ । सरकारले सबै मेडिकल कलेजलाई कोरोनाको खोप केन्द्र सञ्चालनका लागि अनुमति दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सबै मेडिकल कलेज र ५० शय्या क्षमताभन्दा बढी भएका निजी अस्पताललाई कोरोनाको खोप केन्द्र सञ्चालनका लागि अनुमति दिइने छ ।
मेडिकल कलेज र निजी अस्पतालले चाहेको खण्डमा सम्बन्धित जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गरी १८ वर्षमाथिका नेपाली नागरिकलाई सरकारको नियमानुसार कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने मन्त्रालयको भनाई छ ।
खोप उपलब्धताका आधारमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खोप लगाउन आह्वान गरिएको सहप्रवक्ता डा. अधिकारीले जानकारी दिए ।

सम्बन्धित
















हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन
PM Karki insists development works should not affect religious belief, cultural heritages
ओखलढुङ्गामा राई दम्पतीको हत्या
Gold price hits Rs 309 thousand per tola
सेतीखोलामा डुबेका पुरुष तीन दिनदेखि बेपत्ता
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
प्रतिक्रिया