बेलायतमा ओमिक्रोनबाट १२ जनाको मृत्यु, दैनिक संक्रमित बढ्दै
मेरोन्यूज
२०७८ पुष १३ गते ८:१८

काठमाडौँ । बेलायतमा ठूलो संख्यामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो तथ्यांकमा एकै दिन एक लाख २२ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ । यो संख्या बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च हो ।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण बेलायतमा संक्रमितको संख्या दिनहुँ बढिरहेका छन् । बेलायतमा अहिलेसम्म कोभिडबाट एक लाख ४८ हजारको मृत्यु भइसकेको छ ।
बेलायतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट अहिलेसम्म १२ जनाको मृत्यु भएको छ । विज्ञहरुले दैनिक संक्रमितको संख्या अझै बढ्ने चेतावनी दिएका छन् ।
नोभेम्बरको अन्तिममा दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन अहिले विश्वका ९० भन्दाबढी देशहरुमा फैलिएको छ ।
सम्बन्धित
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
निर्वाचन ३९ दिन बाँकीः उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक
प्रतिक्रिया