नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मंगलबार नेप्सेमा महालक्ष्मी विकास बैंकको २० प्रतिशत, निर्धन उत्थानको २९ दशमलव ५ प्रतिशत र नेपाल हाइड्रो डेभलोपर्सको ७ प्रतिशत बोनस सेयर समायोजन भएको हो ।
समायोजनपछि महालक्ष्मी विकास बैंकको सेयर मूल्य ४७० रुपैयाँ ३३ पैसा कायम भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनस र कर प्रयोजनको लागि १ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।
निर्धन उत्थानको समायोजनपछि एक हजार २०० रुपैयाँ ७७ पैसा कायम भएको छ । लघुवित्तले गत वर्षको नाफाबाट २९ दशमलव ५ प्रतिशत बोनस सेयर र कर तिर्न १ दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।
नेपाल हाइड्रो डेभलोपर्सको समायोजनपछि ३६५ रुपैयाँ ४२ पैसा कायम भएको छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरूको सेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात् सोमबार दोस्रो बजारमा महालक्ष्मीको सेयर प्रतिकित्ता ५६४ रुपैयाँ ४० पैसा, निर्धन उत्थानको एक हजार ५५५ रुपैयाँ र नेपाल हाइड्रो डेभलोपर्सको ३९१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
















साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
Finance Minister Wagle conveys positive outlook for forthcoming budget
फिलिपिन्समा ६ म्याग्निच्युडको भूकम्प
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
प्रतिक्रिया