चीनमा कोरोना संक्रमितको संख्या बढ्दै

काठमाडौँ । चीनमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिएको स्वास्थ्य अधिकारीहरूले जनाएको छ । सोमबार मात्रै चीनमा कोरोनाका १८२ जना नयाँ संक्रमित थपिएका छन् ।
संक्रमतिमध्ये धेरै मात्रामा साङ्सी प्रान्तमा भएको समाचारमा जनाइएको छ । त्यस्तै १५ जना मात्र संक्रमित बाहिरबाट आएका मानिसमा भेटिएको पाइएको मंगलबार जानकारी दिइएको हो । चीनको नेशनल हेल्थ कमिसनले मंगलबार दिएको जानकारीअनुसार चीनमा नयाँ संक्रमित भेटिने क्रम बढ्दै गएको छ ।
स्थानीय नागरिकमा नै संक्रमण बढेकाले चीन पनि पछिल्लो समयमा कोरोनाका संक्रमितहरु भेटिने क्रम बढेको बताइएको हो । सोही कारण चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीव्रता दिएको जनाएको छ ।
चीनले कोरोनाबाट निको भएका नागरिकको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । कोरोना पुनः हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ ।
















परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट
वैश्विक ऊर्जा सङ्कटबीच अस्ट्रेलियाको आत्मनिर्भरता रणनीति
नेपाल लाइफको २५औँ वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविरदेखि देशभर रक्तदान
डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया