चीनमा कोरोना संक्रमितको संख्या बढ्दै

काठमाडौँ । चीनमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिएको स्वास्थ्य अधिकारीहरूले जनाएको छ । सोमबार मात्रै चीनमा कोरोनाका १८२ जना नयाँ संक्रमित थपिएका छन् ।
संक्रमतिमध्ये धेरै मात्रामा साङ्सी प्रान्तमा भएको समाचारमा जनाइएको छ । त्यस्तै १५ जना मात्र संक्रमित बाहिरबाट आएका मानिसमा भेटिएको पाइएको मंगलबार जानकारी दिइएको हो । चीनको नेशनल हेल्थ कमिसनले मंगलबार दिएको जानकारीअनुसार चीनमा नयाँ संक्रमित भेटिने क्रम बढ्दै गएको छ ।
स्थानीय नागरिकमा नै संक्रमण बढेकाले चीन पनि पछिल्लो समयमा कोरोनाका संक्रमितहरु भेटिने क्रम बढेको बताइएको हो । सोही कारण चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीव्रता दिएको जनाएको छ ।
चीनले कोरोनाबाट निको भएका नागरिकको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । कोरोना पुनः हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ ।
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
प्रतिक्रिया