थप २६४ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६४ जनामा कोरोना भाइरस कोभिड संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २४१ जना र एन्टिजन परिक्षण गर्दा २३ जना गरि जम्मा २६४ जना नयाँ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित अहिलेसम्म कोरोना संक्रमण पुष्टी भएका ११ हजार ५ सय ८८ जनाको मृत्यु भएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २६० जना कोरोनामुक्त भएका छन् । मन्त्रालयकाअनुसार नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ५६६ जनाको कोरोना परिक्षण गरेका थिए भने दुई लाख ८३ हजार २६५ जनाले खोप लगाएका थिए ।
हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार ९१० रहेको मन्त्रालयको अध्यावधिक विवरणमा उल्लेख छ ।
















खोटाङमा करेन्ट लागेर र भीरबाट लडेर एकै दिन दुई जनाको मृत्यु
म्याग्दीमा इजाजत नभएका बन्दुक बरामद
मुख्यमन्त्री बानियाँद्वारा भाषा दिवसको शुभकामना
बाँके र तनहुँबाट लागुऔषधसहित दुई जना पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया