थप २६४ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६४ जनामा कोरोना भाइरस कोभिड संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २४१ जना र एन्टिजन परिक्षण गर्दा २३ जना गरि जम्मा २६४ जना नयाँ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित अहिलेसम्म कोरोना संक्रमण पुष्टी भएका ११ हजार ५ सय ८८ जनाको मृत्यु भएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २६० जना कोरोनामुक्त भएका छन् । मन्त्रालयकाअनुसार नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ५६६ जनाको कोरोना परिक्षण गरेका थिए भने दुई लाख ८३ हजार २६५ जनाले खोप लगाएका थिए ।
हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार ९१० रहेको मन्त्रालयको अध्यावधिक विवरणमा उल्लेख छ ।













श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बाँकेमा पहिलोपटक आमाको नामबाट वंशजको नागरिकता
बारुदी सुरुङ र विस्फोटक पदार्थ सम्बन्धमा विधायन समितिले सुरक्षा निकायसँग छलफल गर्ने
कर्मचारीमाथि भएको अभद्र व्यवहारको एनआईसी एशिया बैंकद्वारा गम्भीर आपत्ति
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया