रौतहटमा स्कारपियो दुर्घटना हुँदा चारको मृत्यु, तीन घाइते
मेरोन्यूज
२०७८ पुष १३ गते १७:२३

रौतहट । रौतहटको गरुडा नगरपालिका १ स्थित जयनगर सडक खण्डमा भारतीय नम्बर प्लेटको स्कारपियो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
गौरबाट गरुडातर्फ आउँदै गरेको बिआर ०५ पीए ६९५३ को भारतीय नम्बर प्लेटको स्करपियो दुर्घट्नामा अन्य तीन यात्रु घाइते भएका छन् । घाइते तीनै जनाको गौरमा नै उपचार भइरहेको छ ।
दुर्घटनामा घाइते भएका चारै जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक सुनील मल्लले जानकारी दिए ।
भारतीय नम्बर प्लेटको स्करपियो मंगलबार दिउँसो सवा ४ बजे सडकबाट झण्डै २० फिट तल खसेको छ ।
मृतक सबै भारतीय नागरिक हुन सक्ने प्रहरीले जनाएको छ । मृतक चारै जनाको सनाखत हुँन बाँकी रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया