शनिबार, पुष १२, २०८२

माओवादी अधिवेशनमा आजदेखि सामूहिक छलफलको निष्कर्ष सुनाउने

मेरोन्यूज २०७८ पुष १४ गते ९:५४

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनअन्तर्गत आजदेखि प्रतिनिधिले राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमा गरिएको सामूहिक छलफलको निष्कर्ष सुनाउने भएका छन् ।

आज दिउँसो एक बजेदेखि टोली संयोजकहरूले छलफलको निष्कर्ष सुनाउने कार्य तालिका रहेको हो । निष्कर्ष सुनाउन संयोजकलाई १५ मिनेटको समय दिइएको छ ।

सोमबारदेखि बन्दसत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए । ती प्रतिवेदनमा छलफल गर्न प्रतिनिधिहरुलाई २५ समूहमा विभाजन गरिएको थियो ।

छलफल सक्न बाँकी समूहलाई आज दिउँसो १२ बजेसम्मको समय दिइएको छ ।

प्रतिक्रिया