उपत्यकाका २४ स्थानमा कोभिडविरुद्धको खोप केन्द्र सञ्चालन

काठमाडौं । सरकारले काठमाडौँ उपत्यकामा २४ वटा स्थानमा कोभिडविरुद्धको खोप केन्द्र सञ्चालनमा ल्याएको छ । सरकारले तोकेका खोप केन्द्रबाट १८ वर्ष माथिका नागरिकले तोकिएको समयमा पुगेर खोप लिन ससक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौँले जिल्लाका ११ स्थानमा, ललितपुरले जिल्लाका ११ स्थान र भक्तपुरले २ स्थान गरी कुल २४ स्थानमा खोप केन्द्र सञ्चालनमा ल्याएको छ । यी सबै खोप केन्द्रमा १८ वर्षमाथिका नागरिकले खोप लगाउन पाउने छन् । खोप केन्द्रमा भेरोसेल कोभिसिल्ड र एस्ट्राजेनिका खोप लगाइने छ।
काठमाडौं उपत्यकाका खोप केन्द्र
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली
सहिद मेमोरियल अस्पताल कंलकी
लोत्से भवन नयाँ बसपार्क
वीर अस्पताल
बयोधा अस्पताल बल्खु
निजामती कर्मचारी अस्पताल
एपेक्स पोलिक्लिनिक जडिबुटी
सशस्त्र प्रहरी बल अस्पताल बलम्बु
वीरेन्द्र सैनिक बल अस्पताल छाउनी
नेपाल प्रहरी अस्पताल महाराजगञ्ज
भक्तपुर जिल्लाहरुका खोप केन्द्र
ख्वप अस्पताल च्यामसिंह (बिदाको दिन बाहेक प्रत्येक दिन)
नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमीमा (बुधबार र शुक्रबार मात्र)
ललितपुर जिल्लाका खोप केन्द्र
पाटन अस्पताल,
छवा बहाल जनस्वास्थ्य शाखा
सैंबु स्वास्थ्य चौकी
बज्रबाराही चापागाँउ अस्पताल
बाँडेगाँउ प्राथमिक स्वास्थ्य केन्द्र
लेले प्राथमिक स्वास्थ्य केन्द्र
लुभु प्राथमिक स्वास्थ्य केन्द्र
इमाडोल स्वास्थ्य चौकी
चौघरे स्वास्थ्य चौकी
गोटिखेल स्वास्थ्य चौकी










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया