राष्ट्रिय क्रिकेटकाे कप्तान परिवर्तन हुँदैन : पुबुदु दसानायके

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक पुबुदु दसानायके ग्लोबल छनोटका लागि प्रारम्भिक छनोटका ३० खेलाडी बोलाउने बताएका छन् । बिहीबार क्रिकेट संघ (क्यान)ले आयोजना गरेको पत्रकार सम्मेलनमा पुबुदुले ३० खेलाडी बोलाउने र नाम आजै बेलुकी वा भोलि बिहान सार्बजनिक गर्ने बताएका छन् ।
उनले आफ्नो ध्यान अभ्यास खेलमा केन्द्रित हुने पनि बताएका छन् । क्यानले नियुक्त गरेको कप्तान परिवर्तन नहुने पनि उनले सो क्रममा जानकारी दिए । यसअघि क्यानले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पदमुक्तसहित कारबाही गरेको थियो । त्यसपछि सन्दीप लामिछानेलाई क्यानले कप्तानको जिम्मेवारी दिएको छ । ‘कप्तान परिवर्तन हुने छैन । किन कि यो सबै क्यानको अधिकार क्षेत्र हो,’ पुबुदुले भने ।
तत्कालिन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले भदौमा राजीनामा गरेपछि रिक्त पदमा नियुक्त भएका दसानायके प्रशिक्षण सम्हाल्न नेपाल आइपुगेका हुन् । क्यानको २५ मंसिरको बोर्ड बैठकले मुख्य प्रशिक्षकको रुपमा पुबुदुलाई अनुमोदन गरेको हो।
यसअघि नेपालले सन् २०११ देखि २०१५ सम्म पुबुदुको प्रशिक्षणमा खेलेको थियो । नेपालले डिभिजन चार र तीनको उपाधि जित्दा पुबुदुले नेपाली टोलीको प्रशिक्षण सम्हालेका थिए ।









रवि बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य
सर्वोच्च अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्व सभापति ढुंगेल पक्राउ
राजनीतिक व्यक्ति उपकुलपति हुने व्यवस्था अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री कार्की
बुधबार ९ अंकले बढ्यो नेप्से, काराेबार रकम कति ?
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश
प्रतिक्रिया