माओवादी महाधिवेशन
गिरिराजमणिलाई संगीन आरोप लगाएका सत्यनारायणले गरे आत्मआलोचना

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनको जारी वन्दशत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दस्तावेजमाथी समुहका तर्फवाट सुझाव राख्ने क्रममा प्रदेश २ का नेता सत्यनारायण भगतले स्थायी समिति सदस्यलाई संगीन आरोप लगाएपछि माओवादी केन्द्रको बैठकमा हंगामा मच्चिएको छ ।
बुधबार समुहका तर्फबाट सुझाव राखेका भगतले पोखरेलमाथी शिक्षामन्त्री हुँदा जनयुद्ध आरम्भ् गर्दाका शहीद रामबृक्ष यादवको शालिक भत्काउन लगाएर निर्मल लामा शिक्षालय बनाउने गरी अपराधपूर्ण काम गरेको आरोप लगाएका थिए ।
त्यक्तिमात्रै होइन, भगतले समुहको सुझाव राख्ने क्रममा उक्त घटनाको छानविन गरी सवै अपराधीहरुलाई कारवाही गर्न माग गरेका थिए । भगतले लिखित रुपमा राखेको सुझावका क्रममा भनेका थिए, –‘एमाले र माओवादी वीच एकीक्रण भई केपी ओली नेतृत्वको सरकारमा शिक्षा मन्त्री रहेका माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलको निर्देशनमा जनयुद्धका पारम्भमै सहीद हुन पुगेका रामवृक्ष यादवको खयरमारा महोत्तरीमा जनमुक्ति सेनाका उहाँकै नाममा रहेको विग्रेडका नाममा स्थापित शालिक निर्मल लामाको नाममा शिक्षालय स्थापनाको निहुँमा भत्काउन लगाउनु संघीन अपराध हो । अहिलेसम्म यस अपराधमा संग्लन्न रहेका गिरिराजमणि पोखरेल सहति अन्य कुनै अपराधीमाथी कुनै कारवाही नहुनु पार्टीको गम्भिर कमजोरी हो । ’
तर यसप्रति आपत्ति जनाउँदै वन्दशत्रको अध्यक्षमण्डलको नेता समेत रहेका पोखरेल भने विहिवारको वैठकमा सहभागी नै भएनन ।
त्यसपछि पनि वन्दशत्रमा यस विषयमा फेरि प्रश्न उठन थालेपछि स्थायी समितिको आकस्मिक वैठक बोलाएर यस विषयमा छलफल गरिएको थियो । छलफलपछि भगतलाई आत्मआलोचना गर्न लगाउने निर्णय भएपछि भगतले लिखित रुपमा आत्मआलोचना गरेका छन् ।
भगतले अपराधी शब्द प्रतिमात्र आत्मआलोचना गरेको तर उनले उठाएका विषयमा भने आत्मआलोचना नगरेको वताईएको छ ।
पोखरेलले पनि पार्टीलाई लिखित रुपमा पत्र पठाएका छन् । भगतको आत्मआलोचना गरेको जानकारी वन्दशत्र हलमा अवगत गराईएको छ । तर पोखरेलले भने पत्रमा के लेखेका छन भन्ने जानकारी गराईएको छैन ।
महाधिवेशनका एक प्रतिनिधीले मेरोन्यूजसँग भने, – यस विषयमा अव भोलिको वन्दशत्रमा दुवैका पत्र वाचन गर्ने कुरा भएको छ ।
यो पनि पढ्नुहोस्
गिरिराजमणिलाई संगीन आरोप लागेपछि माओवादीको आकस्मिक स्थायी समिति बैठक शुरु
















पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ओलीको नयाँ भर्सन बालेन सरकार- हर्क साम्पाङ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया