पाँच महिनामा भए ८४४ हिंसाका घटना
काठमाडौँ । पछिल्लो पाँच महिनामा ८४४ महिला तथा बालिका हिंसाका घटनाबाट पीडित भएका छन् । महिला पुनःस्थापना केन्द्र ९ओरेक०ले संस्थामा आएका र मिडियामा आएको घटनाका आधारमा सबैभन्दा बढी ५६ प्रतिशत घरेलु हिंसा भएको पाइएको हो ।
सो अवधिमा ४७५ घरेलु हिंसाका घटना भएको थियो । १५२ बलात्कार, ७५ सामाजिक हिंसा र ५३ हत्याको घटना भएको थियो । यही अवधिमा ३७ यौन दुव्र्यवहार, सात अलपत्र अवस्थामा फेला परेको, सात साइबर अपराध र ११ बलात्कारको प्रयास भएको थियो ।
घरेलु हिंसाका घटनामध्ये पनि २१६ घटनामा खान लाउन नदिइएको, १३७ शारीरिक हिंसा र १२२ मानसिक हिंसा रहेको छ । तथ्यांकको विश्लेषण गर्दा प्रभावित महिलामध्ये ३६५ श्रीमान्, ११९ परिवारका अरु सदस्य रहेकाले सबैभन्दा बढी महिला परिवारभित्रै असुरक्षित रहेको संस्थाले जनाएको छ । प्रभावितहरूको उमेरका आधारमा हेर्दा सबैभन्दा बढी २०९ जना २६ देखि ३५ वर्षसम्म उमेर समूहका महिला प्रभावित भएको पाइएको छ । १७ वर्षदेखि २५ वर्षसम्ममा १४७ जना पीडित, ३६ वर्षदेखि ४५ वर्षसम्मको उमेर समूहमा ६९ जना प्रभावित पाइएको छ ।
घरेलु हिंसामा आरोपितमध्ये सबैभन्दा बढी २६ वर्षदेखि ३५ वर्षसम्म उमेर समूह रहेको पाइएको छ । यो उमेर समूहका २०९, १७ देखि २५ वर्षसम्म उमेर समूहका १४७ तथा ३६ वर्षदेखि ४५ वर्षसम्म ६९ जना महिला पीडित भएका छन् । हिंसाका घटनामा आरोपितमध्ये सबैभन्दा २६ देखि ३५ वर्षसम्मको उमेर समूहका १५८ जना रहेका छन् ।
महिलाहरू सबैभन्दा बढी घरभित्रै असुरक्षित रहेको तथ्यांकले देखाएको संस्थाले जनाएको छ । हिंसाका घटनामा पीडित र प्रभावित दुवै युवा छन् । यसले देश विकासमा बाधा पुगेको भन्दै हिंसा अन्त्यका लागि त्यसको कारणको खोजी गर्दै समाधानको उपायसहित अघि बढ्न भनिएको छ ।











एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया