आइतबार, पुष १३, २०८२

वैद्यले भने– प्रचण्ड कम्युनिस्ट नै होइनन्, दक्षिणपन्थी अवसरवादी हुन्

मेरोन्यूज २०७८ पुष १६ गते ९:४६

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कम्युनिस्ट नै नभएको आरोप लगाएका छन् ।

विहीबार बेलुका एक टेलिभिजन अन्तवार्तामा उनले प्रचण्ड कुनैबेला कम्युनिस्ट विचारमा प्रतिवद्ध रहे पनि अहिले कम्युनिस्ट नै नभएको दाबी गरे ।

क्रान्तिकारी पार्टी निर्माणका लागि भन्दै आइतबारदेखि महाधिवेशन जारी रहेकैबेला वैद्यले प्रचण्ड दक्षिणपन्थी अवसरवादी भएको आरोप लगाए ।

कुनै बेला क्रान्तिकारी भएपनि प्रचण्डमा आएको बिचलनकै कारण
जनयुद्धको अन्तिम समयमा प्रचण्डमा विचलन आयो ।
नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्ने, नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर समाजवादी दिशामा जाने भन्ने आफैले गरेको प्रतिवद्धता छाडेर प्रचण्ड संसदीय ब्यवस्थातर्फ लागेको वैद्यले बताए ।

१२ बुँदे सहमति र चुनवाङ बैठकबाट प्रचण्ड संसदीय शक्तिलाई स्वीकार्ने ढंगले अघि बढेपछि नै विचलन आएको वैद्यको भनाइ छ ।

प्रचण्डले घर फोरेर आँगन पुर्नेभनेजस्तै ब्यवहार गरेको वैद्यको भनाइ थियो ।

प्रतिक्रिया