आइतबार, पुष १३, २०८२

माओवादीमा नयाँ विधि : केन्द्रीय सदस्य छान्ने जिम्मा प्रदेशलाई !

प्रदेशले आफनो भागमा पर्ने कोटाका आधारमा केन्द्रीय सदस्य छानेपछि त्यसरी छानिएका केन्द्रीय सदस्यले पदाधिकारी छान्ने

मेरोन्यूज २०७८ पुष १६ गते ११:३६

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रदेश २ को ‘मोडालिटी’कै आधारमा केन्द्रीय सदस्य छान्ने तयारीमा छलफल थालेको छ । दलित, मुश्लिम, युवा र महिलालाई निश्चित प्रतिशत कोटा छुटटाएर २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने तयारीमा माओवादी रहेपनि ति निश्चित क्लस्ष्टरको पहिले विधानमा रहेको ब्यवस्थालाई पनि थप संसोधित गरेर आरक्षण संख्या कटौती गरेर प्रदेशलाई नै केन्द्रीय सदस्य छान्न दिने तयारीमा छलफल थालेको छ ।

प्रदेश २ ले यस अगाडी यस्सैगरी प्रदेश समिति टुग्गो लगाएको थियो । प्रदेश २ ले प्रदेश कमिटिमा रहनेृ नेताहरुको नाम तय गर्ने जिम्मा जिल्लालाई नै दिएको थियो । पार्टी सदस्यताको संख्या, समानुपातिक मत, जिल्लाको आरक्षणको अवस्था लगायत लाई एउटा मापदण्ड बनाएर प्रदेश २ ले जिल्लालाई संख्या तोकेर दिएको र त्यही संख्याका आधारमा जिल्लाले नाम टुग्गो लगाएर प्रदेश कार्यलयमा पठाएपछि त्यही नाम समेटेर प्रदेश समिति बनाउने मोडालिटी प्रदेश २ ले अवलम्बन गरेको थियो ।

हेर्नुहोस प्रदेश २ ले प्देश समिति छान्न बनाएको मोडालिटी

ठिक त्यसै गरी अहिले केन्द्रले पनि केन्द्रीय सदस्य छान्ने जिम्मा प्रदेशहरुलाइृ दिने तयारीमा छलफल थालेको एक केन्द्रीय सदस्यले बताए । त्यसरी प्रदेशलाई नै केन्द्रीय सदस्य छान्न दिँदा कुन प्रदेशलाई कुन आरक्षणमा कति ? कुन मापदण्डाका आधारमा कति संख्याको नाम टुग्गो लगाएर पठाउन भन्ने गरी महाधिवेशन सम्भवत आजै टुग्गो लगाउन चाहेको एक माओवादी नेताले बताए ।

त्यसका लागि अहिले केहीबेरमै महाधिवेशन स्थल प्रज्ञा भवनमा नै पार्टीको स्थायी समिति बैठक वस्दैछ ।

कुन प्रदेशलाई कति संख्या कुन मापदण्डका आधारमा केन्द्रीय समितिमा नाम सिफारिस गरी पठाउन निर्देशन गर्ने भन्ने तयारीका लागि पार्टी स्थायी समिति बैठकले मंगलवार नै नेता देव गुरुङको संयोजकत्वमा समिति बनाएको थियो ।

अध्यक्षको निर्देशनकै आधारमा समितिका नेताहरु देव गुरुङ, विष्णुपुकार श्रेष्ठ, जनार्दन शर्मा, शक्ति बस्नेत र गिरिराजमणि पोखरेलले त्यसैको गृहकार्य गरिरहेका छन् । उनीहरुले वुधबार साँसझसम्म क्लष्टर छुटटाउने भने पनि विहिवार रातीसम्म पनि टुग्गो लगाउन सकेका थिएनन ।

अहिले वस्ने स्थायी समितिमो यो समितिले क्लष्टर छुटटाएर पार्टी अध्यषलाइृ आफनो रिपोट वुझाउने छ । त्यसपछि प्रदेशलाई नै नेता छान्न दिने गरी स्थायी समितिले विधि बनाउन खोजेको छ ।

‘कुन प्रदेशमा कुन समुदायवाट कति आउने, कुनवाट कति ? र जम्मा कुन प्रदेशलाई कति केन्द्रीय सदस्यको कोटा निर्धारण गर्ने भन्ने टुग्गो लगाएर प्रदेशलाई नै केन्द्रीय सदस्य छान्न दिने गरी पार्टीमा छलफल चलेको छ,’ एक स्थायी समिति सदस्यले मेरोन्यूजसँग भने –‘स्थायी समिति बैठकपछि त्यही मोडालिटी वन्दशत्रमा पेश हुन्छ होला । अनि त्यसरी नै प्रदेशलाई केन्द्रीय सदस्य छान्न दिने तयारी छ ।’

मओवादीको शुक्रवारको वन्दशत्रको कार्यक्रम दिउासो १ वजेका लागि तेकिएको छ । त्यस अगाडी अध्यक्षले आफनो प्रस्तावमा आएका टिप्पणी, नेताहरु राम कार्की, लेखनाथ न्यौपाने र हरिवोल गजुरेलका पूरक र फरक मतलाई पनि कसी सम्वोधन गदै अध्यक्षले जवाफी ससम्वोधन गर्ने र त्यसपछि नेतृत्व चयन प्रक्रिया के गर्ने भन्ने एउटा विधि बनाउन लागेको हो ।

यसरी केन्द्रीय सदस्य प्रदेशले छान्ने गरी विधिमा वन्दशत्रले अनुमोदन गरेमा निश्चित दिन लगाएर प्रदेशले केन्द्रीय सदस्यहरुको सूची केन्द्रीय कार्यालयमा वुझाउनेछन् । त्यसपछि वन्ने केन्द्रीय सदस्यले सकभर सहमति नभए चुनावी प्रक्रिया अवलम्वन गरेर पदाधिकारी चयन गर्ने तिर माओवादी नेतृत्व पुगेको छ ।

यसो गर्दा माओवादीको महाधिवेशन वाट पदाधिकारी सहित केन्द्रीय सदस्य नछान्दै प्रदेशलाई अधिकार दिएर सकिदैछ ।

थप गिजोलिने सम्भावना, इमान्दारले नपाउने सम्भावना


माओवादीले प्रदेशलाई केन्द्रीय सदस्य छान्ने जिम्मा दिए केन्द्रीय समिति चयन प्रक्रिया थप गिजोलिने आशंका महाधिवेशन प्रतिनिधीहरुले गरेका छन् । महाधिवशेन प्रतिनिधीहरुवाटै प्रदेशले आफनो कोटामा परेका नेतालाई केन्द्रीय समितिमा सिफारिस गर्न भनेपनि यसले थप गुटवन्दी मौलाउने र वहुवली भएका र प्रभाव भएका नेताले प्रदेशवाट इमान्दारलाइ पाखा लगाएर आफु निकटका, आफनो गुटका र आफनै वरीपरी घुम्नेहरुलाई मात्र सिफारिस गर्ने सम्भावना हुने प्रतिनिधीहरुले आशंका गरेका छन् ।

यसले झन माओवादीभित्र नेतृत्व चयन प्रक्रिया अस्वस्थ्य हुने प्रतिनिधीहरुले वताउन थालेका छन् ।

प्रतिक्रिया