लोड धान्न नसक्दा विद्युत आपूर्ति अनियमित : कुलमान घिसिङ

काठमाडौं । जाडो बढेसँगै बढेको विद्युतको लोड धान्न नसक्दा बेला बेलामा बत्ती जाने समस्या बढेको नेपाल विद्युत प्राधिकरणले स्वीकार गरेको छ ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिनभित्रै समस्या समाधान गर्ने बताए । ‘जाडो बढेसँगै एसी, हिटरको प्रयोग बढेका कारण विद्युतको माग बढेको छ,’ घिसिङले भने, ‘लोड धान्न नसक्दा बत्ती जाने समस्या देखिएको छ, केही दिनभित्र समाधान गछौं ।’
काठमाडौं उपत्यकामा ५०-६० वटा ट्रान्सफर्मरमा समस्या देखिएको र झरीका कारण त्यसलाई फेर्न नसक्दासमेत उपभोक्ताले नियमित विद्युत पाउन नसकेको घिसिङले बताए ।
लोडसेडिङकै झल्को दिने गरी विद्युत आपूर्ति अनियमित हुन थालेपछि केही दिनयता सर्वसाधारणले विद्युत प्राधिरणको आलोचना गर्दै आएका छन् । सामान्यता काठमाडौंमा तीन मेगावाट विद्युत माग हुने गरेकोमा केही दिनयता पाँच मेगावाटसम्म पुगेको छ । यसैगरी देशभर विद्युतको माग एक हजार तीन सय मेगावाटबाट एक हजार सात सय मेगावाट पुगेको प्राधिकरणले जनाएको छ ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया