आइतबार, पुष ६, २०८२

चुनावपछि विशेष महाधिवेशन गर्छौ : प्रचण्ड

मेरोन्यूज २०७८ पुष १६ गते १५:४६

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावपछि पार्टीको विशेष महाधिवेशन गर्ने बताएका छन् ।

उनले अहिले आफ्नो प्रतिवेदनमा आएका सुझाव र टिप्पणीहरुलाई समेत समावेश गरेर दस्तावेजलाई थप परिकृष्त गराएर विशेष महाधिवेशनमा दस्तावेजलाई समृद्द बनाएर ल्याउने बताए ।


‘अहिले भर्खर भूमिगत हामी जादैछैनौ, शान्ति प्रक्रिया छोडने छैनौ, जनतालाई हामी बुझाउन जादैछौं । चुनाव आउँदैछ पर्सि, राष्टिय सभा चुनाव आउँदैछ,’ प्रचण्डले भने,–‘चुनाव पछि लगतै विशेष महाधिवेशन हुन्छ होला , सवै सुझावलाई ब्यवस्थित र सुस्पष्ट वनाएर लैजाने हुन्छ ।’

यधपी प्रच्ण्डले त्यो चुनाव स्थानिय, प्रदेश या संघको भन्ने बारेमा भने त्यक्ति खुलाएनन् ।

प्रचण्डले चुनाव भनेर संघ र प्रदेशको चुनाव पछि भनेर संकेत गरेको उनको भावभुङग्रीले देखाएको महाधिवेशनका एक प्रतिनिधीले बताए ।

प्रतिक्रिया