सर्वसम्मत नेतृत्व चयन गरेर माओवादी केन्दको शनिबार महाधिवेशन सकिने
मेरोन्यूज
२०७८ पुष १६ गते १७:५२

काठमाडौँ । नेकपा माओवादी केन्द्रको महाधिवेशन शनिबार सकिने भएको छ । शनिबार पार्टीको नयाँ नेतृत्व सर्वसम्मत चयन गरेर महाधिवेशन सकिने भएको हो । माओवादी केन्द्रको ८ औं राष्ट्रिय महाधिवेशन ११ गतेदेखि काठमाडौँमा सुरु भएको थियो ।
११ गते आइतबारबाट सुरु भएको महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक र राजनीतिक प्रतिवेदन तथा नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए । उक्त प्रतिवेदनमाथि मंगलबार २५ वटा समूहमा छलफल भएर बुधबार र बिहीबार दुई दिन समूहका नेताहरूले आ–आफ्नो समूहको सुझावसहित निष्कर्ष पेस गरेका थिए । शुक्रबार अध्यक्ष प्रचण्डले जवाफ दिएपछि प्रतिवेदन पारित गरिएको हो ।
जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ । माओवादीले नेतृत्व सर्वसम्मत चयन गर्ने बताएको छ ।
सम्बन्धित











सर्वपक्षीय बैठकपछि चुनावको माहोल बनेको छः सञ्चारमन्त्री खरेल
राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, २ जना भारतीय नागरिक पक्राउ
सञ्चारमन्त्री खरेल पोखरामा
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
प्रतिक्रिया