संघीयता सफल कार्यान्वयनका लागि मेलमिलापको खाँचो छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लामो राजनीतिक संघर्षबाट जारी भएको संविधानमा जनचाहनाअनुसार व्यवस्था गरिएको संघीयता बचाएर राख्न राजनीतिक दल र नागरिक बीचमा मेलमिलाप हुनुपर्ने बताएका छन् ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा बीपी सङ्ग्रहालय समिति सुन्दरीजलमा आज आयोजित कार्यक्रममा उनले हिजो बीपीले जुन अर्थमा राष्ट्रिय सहमति र मेलमिलाप नीति खोज्नुभएको थियो, आज मुलुकको वर्तमान अवस्थामा पुनः त्यही नीति र एकताको आवश्यकता रहेको बताए ।
प्रधानमन्त्री देउवाले आफू प्रधानमन्त्री र मुलुकको जेठो लोकतान्त्रिक पार्टीको सभापति हुनाका नाताले सबैबीच राष्ट्रिय सहमति र मेलमिलाप कायम राख्न कुनै कसर बाँकी नराख्ने उल्लेख गरे । आफू भर्खरै पार्टीको १४औँ महाधिवेशनबाट सभापतिमा पुनःनिर्वाचित भएको बताउँदै उहाँले यस कार्यकाललाई पूर्ण सफल बनाउन थप जोश र जाँगरका साथ काम गर्न अग्रसर रहेको बताए । सभापतिका हैसियतमा सङ्ग्रहालयको प्रमुख संरक्षकसमेत रहेका उनले सङ्ग्रहालयमा रहेको बीपीको प्रतिमामा माल्यार्पण गरेका थिए ।
कांग्रेसका संस्थापक नेता बीपी कोइराला विसं २०३३ पुस १६ गते तत्कालीन राजनीतिक व्यवस्थाले लगाएका ठूला–ठूला मुद्दाको पनि परवाह नगरी ज्यानै जोखिममा पारेर राष्ट्रियताको संरक्षण र लोकतन्त्रको स्थापनाको उद्देश्यका साथ राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केएका थिए । कांग्रेसले हरेक वर्ष पुस १६ गतेलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया