राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन प्रक्रिया आजबाट सुरु

काठमाडौं । राष्ट्रिय सभामा सदस्यका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरू हुने भएको छ । १९ जना राष्ट्रिय सभा सदस्यका लागि आगामी माघ १२ गते मतदान हुँदैछ ।
राष्ट्रिय सभा सदस्यका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरु गरिने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन कार्यक्रमअनुसार पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा निर्वाचन चिह्न प्रदान गरिनेछ । राष्ट्रिय सभा निर्वाचनमा भाग लिन १२ दल दर्ता भएका छन् ।
निर्वाचन आयोगले निर्वाचन अधिकृत यसअघि नै नियुक्त गरिसकेको छ । मतदान स्थल र केन्द्र पनि तय गरिसकेको छ ।
आयोगकाअनुसार, राष्ट्रियसभा निर्वाचनका लागि स्थानीय तहमा १४९३ जना र प्रदेश सभाका ५३२ जना गरी दुई हजार २५ मतदाता रहेका छन् ।
मतदानका लागि आठ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
आगामी फागुन २० बाट राष्ट्रिय सभा सदस्यहरुको पदावधि सकिदैछ ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया