माओवादीको निर्वाचन तालिका प्रकाशितः आज उम्मेदवारी दर्ता, भोली मतदान

काठमाडौं । नेकपा माओवादी केन्द्रले निर्वाचन तालिका सार्वजनिक गरेसँगै पहिलो पटक प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु गरेको छ । प्रज्ञा भवनमा जारी आठौं महाधिवेसनको सातौं दिनमा मतदाता नामावली प्रकाशन गरेसँगै निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरेको हो ।
अपरान्ह ४ बजेसम्म मतदाता उपर दावी बिरोधको समय, मतदाता नामावलीमा दावी बिरोधको सुचना ४ः१५ बजेसम्म, ४ः५० सम्म दाबी बिरोध माथी अन्तिम निर्णय लिएसँगै मतदाता नामावली सार्वजनिक हुनेछ ।
यसैगरी, उम्मेदवार मनोनयनको प्रक्रिया भने आजै साँझ ८ बजे देखी सुरु हुनेछ भने भने राति १०ः३० मा उम्मेदवार मनोनयन पछिको सुची सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ । राति १०:३० मा उम्मेदवारी सुची सार्वजनिक गरे लगत्तै आईतवार बिहानवाट उम्मेदवारको बिरोधमा उजुरी दिन समय बिहान ८ः०० देखी ८ः३० सम्म तोकिएको छ । साथै, उम्मेदवारको बिरोधमा परेको उजुरीको सुचना ८ः३५ मा निर्वाचन समितिले दिने छ ।
उक्त उजुरी उपर निर्वाचन समितिले छानबिन भने बिहान ८ः४० देखी ९ः०० बजेसम्म गर्नेछन र ९ः१० बजे उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ । जसअनुसार ९ः३० देखी ११ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय समितिले दिएको छ । बिहान ११ः४५ मा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएलगत्तै ११ः३० वाट मतदान प्रक्रिया सुरु भई ४ बजेसम्ममा सम्पन्न गर्ने निर्वाचन समितिले तालिका सार्वजनिक गरेको छ ।











पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
देशभरको न्यूनतम तापक्रम बढ्याे
निर्वाचनमा समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत फेेेरबदल
आजकाे विदेशी मुद्राको विनिमयदर : युरो घट्याे
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया