अझै गर्न सकिएन हिउँमा फसेका बाबुछोराको उद्धार
ताप्लेजुङ । चार दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबुछोराको अझै उद्धार हुनसकेको छैन । उद्धारका लागि आज गएको निजी कम्पनीको एक हेलिकोप्टर उनीहरू रहेको स्थान पत्ता नलागेपछि उद्धार नगरी फर्किएको छ ।
हिउँमा फसेको क्षेत्रमा दुई पटकसम्म हेलिकोप्टर गएको थियो । पहिलोपटक पुग्दा ठाउँ पत्ता नलागेको र दोस्रोपटक स्थानीयवासीलाई लिएर जाँदा मौसममा खराबी आएकाले उद्धार गर्न नसकिएको पापुङका वडाध्यक्ष डण्डु शेर्पाले बताए ।
उद्धारका लागि भोलि पुनः हेलिकोप्टर लैजाने तयारी भएको शेर्पाको भनाइ छ । “हामी दुई पटकसम्म सो क्षेत्रमा पुग्यौँ, पहिलोपटक ठाउँ पत्ता लागेन, दोस्रोपटक जाँदा कुहिरो लाग्यो, अब भोलि पुनः जान्छौँ”, शेर्पाले भने । हिउँमा फसेकाहरू बेलाबेलामा फोन सम्पर्कमै रहने गरेकाले ज्यान जोखिममा नहोला भन्ने अनुमान रहेको शेर्पाको भनाइ छ ।
मिक्वाखोला घर भएका अन्दाजी ५५ वर्षका लाक्पाटासी शेर्पा र उनका छोरा १५ वर्षीय पासाङ शेर्पा चार दिनदेखि हिउँमा फसेका हुन् । चौँरीगोठ सार्ने क्रममा उनीहरू हिमपहिरामा परेका थिए । फोन सम्पर्कका क्रममा उनीहरूले आफूहरू एउटा ओढारमा आड लिएर बसेको बताउने गरेको वडाध्यक्ष शेर्पाको भनाइ छ ।











इराकमा विद्युत् उत्पादनमा ठूलो गिरावट, ग्यास आपूर्ति स्थगित
रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
प्रतिक्रिया