मंगलबार, पुष ८, २०८२

माओवादी केन्द्रको बन्दसत्र आइतबार २ बजेसम्मका लागि स्थगित

मेरोन्यूज २०७८ पुष १७ गते २०:०५

काठमाडौं । नेकपा माओवादी केन्द्रको बन्दसत्र स्थगित भएको छ । माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र आइतबार २ बजेसम्मका लागि स्थगित गरिएको हो ।

पार्टीको नेतृत्व सर्वसम्मत चयन गर्न सहमति भइरहेकाले यसअघिको प्रकाशित निर्वाचन कार्यातालिका रद्द गरिएको बताइएको छ । माओवादी केन्द्रको महाधिवेशन प्रचार तथा प्रकाशन उपसमितिका अनुसार सहमतिबाटै केन्द्रीय कमिटी चयनका लागि थप गृहकार्य भइरहेको छ । यसअघि माओवादी निर्वाचन समितिले निर्वाचनको कार्यातालिका सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया